मन मष्तिकमा सामन्ति शोँच हुँदा सम्म,
तथ्य भीत्र पर्दानै रहन्छ पाउँ छुँदा सम्म।
सोँच्न सक्दैन राम्रो नराम्रो पंग्गु बनिरन्छ,
हक बुझ्न गारो हुन्छ पसिना नचुँदा सम्म।
आफुलाई क्रान्तिकारी भन्नेहरु नाच्दछन,
उसको ईसारामा बिचार पुरै नकुँदा सम्म।
छ अहिलेपनि सर्बत्र यहि प्रबृती मनभीत्र,
जी हजूर बिचार पतन भए नि रुँदा सम्म।
थाहा पाउँन सक्दैन बिचरो बलियो छ उ,
आकले बोश बनेर पौरखलाई दुँदा सम्म।
शन्तान लाईनै धोबी देखि रहन्छ अन्धाले,
म्याउँगर्न छाड्दैन कठै उस्लाई धुँदा सम्म।
सुरेशकुमार पान्डे।१४-०६-२०२०,