शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • बाजुराका स्थानिय तहलाई कृषि क्षेत्रका लागि ५ करोड ८४ लाख विनियोजन (तह अनुसार बिवरण)

बाजुराका स्थानिय तहलाई कृषि क्षेत्रका लागि ५ करोड ८४ लाख विनियोजन (तह अनुसार बिवरण)

  • आइतवार, जेष्ठ ३२, २०७७
बाजुराका स्थानिय तहलाई कृषि क्षेत्रका लागि ५ करोड ८४ लाख विनियोजन (तह अनुसार बिवरण)

बाजुरा जिल्लाका नौवटै स्थानिय तहमा कृषि विकास कार्यक्रमका लागि शशर्त अनुदान अन्तरगत संघिय सरकार बाट ५ करोड ८४ लाख वजेट विनियोजन भएको छ । बाजुराको कृषि प्रबद्र्धन कृषि पेशामा आत्मानिर्भर बनाउनका लागि विभिन्न शिर्षकहरु बजेट बिनियोजन भएको कृषि ज्ञान केन्द्र बाजुरका सुचना अधिकारी मिन प्रसाद जैशीले वताएका छन् ।
कृषक दर्ता र कृषि तथ्याङ्कका लागि ३६ लाख, रैथाने वाली प्रवर्द्धन कार्यक्रमका लागि २० लाख व्यवसायीक स्याउ तथा ओखर खेतीका लागि १ करोड ७८ लाख फलफूल नर्सरी स्थापनाका लागि ८ लाख बिनियोजन गरिएको छ । त्यस्तै प्रधान्मन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत प्राथमिकता प्राप्त कृषि वालीको पकेट क्षेत्र विकासका लागि २ करोड १३ लाख र वाख्रा पकेट कार्यक्रमका लागी १ करोड २९ लाख विनियोजन भएको छ ।
कोरोना कहर वेरोजगारी समस्या र उत्पादनलाई विशेष जोड दिनका लागि संघिय सरकारवाट विनियोजित वजेटसँग सहकार्य समन्वय हुने गरी स्थानिय तहले वजेट तथा कार्यक्रम वनाउन आवश्यक रहेको सुचना अधिकारी मिन प्रसाद जैशीले वताएका छन् । प्रदेश सरकारको कार्यक्रम पनि अन्तिममा स्थानिय तहसँग सहकार्य र समन्वयमा संचालन गरिने भएकोले कृषिमा पसिना पोख्छु भन्ने व्यक्तिले निराश हुनुपर्ने अवस्था नभएको जैशीले वताएका छन् । सबै भन्दा बढि स्वामिकार्तिक गाँउपालिका ८५ लाख विनियोजन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार