, राजेन्द्र बहादुर रोकाया — बाजुरा बाजुराको त्रिबेणी नगरपालिकामा आज गरीएका आरडिटी परीक्षण गर्दा ४४ जनामा कोरोनाको एन्टिबडी देखीएको छ । नगरपालिकामा आज गरीएका १५८ जनाको आरडिटी परीक्षण गर्दा ४४ जनामा पोजेटीभ देखिएको त्रिबेणी नगरपालिकाका नगर पबक्ता प्रेमबहादुर थापाले बताए। कोरोना भाईरस कोभिड १९ को संक्रमणले बाजुरामा पनी दिन प्रतिदिन बढीरहँदा आरडिटी परिक्षण तिब्र रुपमा अगाडी बढाइरहेको नगरप्रबक्ता थापाको भनाइ रहेको छ ।
त्रिबेणी नगरपालिका वडा ६ पन्धारामा रहेको बडिमालिका मावीको क्वारेन्टाइनमा रहेका ९५ जनालाई परिक्षण गर्दा २७ जनामा आरडिटी पोजेटिभ देखीएको छ । त्यस्तै सरोसती आधारभुत विद्यालयको क्वारेन्टाइनमा ८ जना ,मष्टेश्वरी मावी क्वारेन्टाइनमा १ जना , पुस्पला आधारभुत विद्यालयको क्वारेन्टाइनमा १ जना, तोली नवदुर्गा महिला विकास सहकारी संस्थाको क्वारेन्टाइनमा ४ जनामा कोरना पोजेटिभ देखिएको नगरपालिकाले जनाएको छ ।
त्यसै वडा नं ३ मा रहेको मष्टेश्वरी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका २८ जनाको आरडिटी परिक्षण गर्दा ती सवै जनाको रिर्पोट नेगेटिभ आएको छ । अहिले सम्म नगरपालिकामा आरडिटी परीक्षण गर्दा २ सय ७ जनामा कोरोनाको एन्टिबडी देखीएको छ भने वडा नं ७मा रहेको कैलाश्वरी माध्यामिक विद्यालयलाई सिल पनी गरिएको छ