सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश १
  • आइसोलेसनमा ४ हजार ४०४ जना उपचाररत

आइसोलेसनमा ४ हजार ४०४ जना उपचाररत

  • शनिबार, जेष्ठ ३१, २०७७
आइसोलेसनमा ४ हजार ४०४ जना उपचाररत

कोरोना संक्रमण देखिएर विभिन्न अस्पतालको आइसोलेनमा ४ हजार ४०४ जना उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ५ हजार ३३५ जना पुगेको छ । जसमा ४ हजार ९४९ र ३८६ महिला छन् । ७२ जिल्लामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणमुक्त भए ३६ डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना मुक्त हुने ३६ जनामा नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालबाट पाँच पुरुष, साईकृष्ण आइसोलेन सप्तरीबाट १७ जना, आइसोलेन सेन्टर बाँकेबाट आठ पुरुष र भरतपुर अस्पताल चितवनबाट छ जना पुरुष डिस्चार्ज भएका हुन् ।

हालसम्म कोरोना निको हुनेको संख्या ९१३ पुगेको छ । जसमा ८२२ जना पुरुष र ९१ महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए । उनले भने, “कोरोना भाइरसको संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् ।”

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा पाँच हजार ६६१ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट नमुना परीक्षण एक लाख २७ हजार २८८ वटा भएको छ । सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा एक लाख ५० हजार ५४९ जना छन् ।

चर्चामा

सम्बन्धित समाचार