शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • थप ३६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, निको हुनेको संख्या ९१३

थप ३६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, निको हुनेको संख्या ९१३

  • शनिबार, जेष्ठ ३१, २०७७
सेयर गर्नुहोस् :
थप ३६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, निको हुनेको संख्या ९१३

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ३६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। आज देशभरका आइसोलेसनमा रहेकामध्ये नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।

हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ९१३ पुगेको छ। जसमध्ये ८२२ पुरुष र ९१ जना महिला रहेका छन्। नेपालमा आज २७३ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ। जसमध्ये ९१३ निको भइसकेका छन्। यस्तै  १८ जना संक्रमितको मृत्यु भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार