शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३३५

नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३३५

  • शनिबार, जेष्ठ ३१, २०७७
नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३३५

काठमाडौं– नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७३ जनामा संक्रमण देखिएको हो।  आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

चर्चामा

सम्बन्धित समाचार