बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • खेलकुद
  • रोनाल्डो उत्कृष्ट कि मेसी ? यस्तो छ नयाँ अनुसन्धानको ठहर

रोनाल्डो उत्कृष्ट कि मेसी ? यस्तो छ नयाँ अनुसन्धानको ठहर

  • शनिबार, जेष्ठ ३१, २०७७
रोनाल्डो उत्कृष्ट कि मेसी ? यस्तो छ नयाँ अनुसन्धानको ठहर

क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीमध्ये को उत्कृष्ट भन्ने विवाद चलेको झन्डै एक दशक हुन लाग्यो । सन् २००८ देखि २०१८ सम्म बेलोन डि’ओर अवार्ड या रोनाल्डो या त मेसीले जितेका थिए । मेसीले गत वर्ष आफ्नो बेलोन डि’ओर उपाधि संख्या बढाएर ६ पु-याउनुअघि दुबैका नाममा समान ५ अवार्ड थियो । त्यसैले, उत्कृष्टको विवाद स्वभाविक नै भयो ।

यही विवादबीच सुपर कम्युटरले यी खेलाडीमध्ये को उत्कृष्ट भनेर खुट्टयाएको छ । केयू लियुभेन विश्वविद्यालयका प्रोफेसरहरु तथा साइन्स स्पोर्टस्का डाटा एक्सपर्टहरुले मिलेर सुपर कम्युटरमार्फत अनुसन्धान गरेका हुन् ।

यस प्रणालीले कसरी काम गर्छ भन्ने विषयमा प्रोफेसर जेस्सै डेभिस भन्छन्, ‘ फुटबल खेलाडीको मूल्य प्राय गोल र एसिस्ट (गोलका लागि प्रत्यक्ष पास) मा निर्भर रहन्छ । यद्यपी, गोल दुर्लभ हो किनकी एउटा खेलमा औसतमा अनुमानित १६ सयवटा त्यस्ता एक्सन देखिन्छन् । हाम्रो मोडलले त्यस्ता हरेक एक्सन, सट, पास, ड्रिबल्स, ट्याकल्स नियाल्छ र यसको हिसाब निकाल्छ ।’

यस अनुसन्धानमा २०१३–१४ को सिजनदेखि रोनाल्डोले ला–लिगा क्लब रियल म्याड्रिड छाडेर युभेन्टस्मा आबद्ध हुनअघिको अन्तिम सिजन २०१७–१८ सम्मको तथ्याङ्कलाई नियालिएको थियो । जसअनुसार सुपर कम्प्युटरले बार्सिलोनाका कप्तान मेसीलाई उत्कृष्ट ठहर ग-यो ।

मेसीले प्रति खेल १ दशमलव २१ को स्कोर पाए भने रोनाल्डोको नाममा ० दशमलव ६१ स्कोर रह्यो । यस अनुसन्धानमा संलग्न पिएचडीका विद्यार्थी टम डेक्रस भन्छन्, ‘ पहिलो सिजनमा मेसी र रोनाल्डोको अंक एकाअर्कासँग निकै नजिक थियो । २०१५÷१६ को सिजनदेखि मेसी आफ्ना नजिकका प्रतिस्पर्धीभन्दा केही माथि देखिए ।’

चर्चामा

सम्बन्धित समाचार