शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • जनता कसैको भ्रमको पछि लाग्दैनन् : प्रचण्ड

जनता कसैको भ्रमको पछि लाग्दैनन् : प्रचण्ड

  • शनिबार, जेष्ठ ३१, २०७७
जनता कसैको भ्रमको पछि लाग्दैनन् : प्रचण्ड

काठमाडौं — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रकालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधीनताको विषय भएको बताए ।

केही दिनयता देशका विभिन्न ठाउँंमा भइरहेका विरोध प्रदर्शनप्रति इंगित गर्दै उनले भने, ‘सदनमा आउँद गर्दा मेरो स्टाफ साथीले भन्नुभयो । कोही कोहीले भनेका छन् रे लौ पार्टीहरुले त देश बचाउन सक्ने भएनन् । अब फेरि सामन्तहरु नै आउन पर्यो भनेर प्लेकार्ड बोकेका छन् अरे भनेर सुनाउनु भयो मलाई । त्यसैले मेले सुरुमै भनेँँ, राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउँदै छ खबदार ?’

नेपाली जनतालाई भ्रमित गर्ने कहीँ कतैबाट कुप्रयास नगर्न प्रचण्डले चेतावनी दिए । उनले भने, ‘आजको २१ औँ शताब्दीमा ठूलो आन्दोलनबाट खारिएर आएको जनता कसैको भ्रमको पछि लाग्ने छैन ।’

नेपालको राष्ट्रिय स्वाधीनतालाई, भौगोलिक र वैदेशिक हस्तक्षपबाट मुक्त रहनु नेपाली जनताले जिम्मेवारी सुम्पिएको पनि प्रचण्डले बताए ।

उनले भने, ‘आउने दिनमा पनि ठूलो बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एकताको विश्वास गर्दछु । नेपालको राष्ट्रिय स्वाधीनतालाई, भौगोलिक र वैदेशिक हस्तक्षेपबाट मुक्त रहनु नेपाली जनताले सुम्पिएको जिम्मेवारी थियो। आज हामी ऐतिहासिक चुनौतिको सामना गर्न नेपालको भौगोलिक अखण्डताको स्वाधीन आइपुगेका छौँ।’

प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफल भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार