शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • बाजुराकाे कवाडी डिपोमा चामल नहुँदा गाँउमा खाद्य संकट

बाजुराकाे कवाडी डिपोमा चामल नहुँदा गाँउमा खाद्य संकट

  • शनिबार, जेष्ठ ३१, २०७७
बाजुराकाे कवाडी डिपोमा चामल नहुँदा गाँउमा खाद्य संकट
फाइल फाेटाे : कवाडि डिपाेमा दुधे वालक सहित बाेकेर चामल लिन आएका

लक्ष्मीराज पाध्याय– बाजुराको हिमाली गाँउ पालिका ४ कवाडी डिपोमा चामल नहुँदा गाँउ खाद्य संकट भएको छ । लकडाउनका बेला डिपोमा २ साता देखी चामल सकिएकोले महँगो मुल्यमा बजारको किन्नु परेको हिमाली गाँउपालिका ३ का वडा अध्यक्ष ध्यान बहादुर रोकायाले वताएका छन् ।
यो आर्थिक बर्षमा कवाडी डिपोमा ३५ सय कुन्टल कोटा चामल हो, २१ सय भन्दा बढि डिपोमा पुगेर बिक्रि भएको बाँकि ढुवानी हुने क्रममा रहेको खाद्य संस्थान बाजुराका शाखाका प्रमुख मेखराज ओझाले वताएका छन् । ठेकेदारलाइ ताकेता गरेको छ, चाडै चामलको ब्यबस्थापन हुने ओझाले वताएका छन् ।
बाजुराको सबै भन्दा दुर्गम ठाँउ हिमाली गाँउपालिका १, २ र ३ साविकको बिच्छँया गाबिस हो, त्यहाँका बासिन्दा कवाडी डिपो बाट चामल किन्ने गरेका थियौ, डिपोमा चामल नभएपछि गाँउमा खाद्य संकट भएको हिमाली गाँउपालिका २ कोटि गाँउकि ललिता बोहोराले वताएकि छन् ।
स्थानिय डिपोमा चामल नपाएपछि स्थानिय बजार बाट प्रतिकेजी ९५ पढने गरि थोरै चामल लिएर किन्ने गरेका छन् । यति बेला गाँउमा भारत बाट सबै आइसकेका छन्, खाद्य संकट छ कसरी खाद्यन्न ब्यबस्थापन गर्ने बिच्छँया गाँउकि कोपीला बोहोराले वताईन् । डिपोमा चामल नपाँउदा निराशा मात्र बनिन्न्, राज्य प्रति निकै आक्रोसित बनिन् । चामल किन्न कवाडी आँउछन्, तर चामल नपाउने गरेको हिमाली गाँउपालिका ३ का अध्यक्ष ध्यान बहादुर रोकायाले वताए ।


बाजुराको सबै भन्दा बढि खाद्य संकट र सडक भन्दा निकै टाढा रहेको हिमाली गाँउपालिका हो । हिमाली गाँउपालिकाको कवाडी डिपोमा दुई हप्ता यता एकदान चामल नआएपछि गाँउमा खाद्य संकट रहेको स्थानिय पर्वलाल बुडथापाले बताए । दशै सम्म चामल नआए चरम खाद्य संकट हुने वताएका छन् । चामल किन्न डिपोमा पुग्यौ, तर चामल छैन्, सरकारलेनै बेवास्ता गरेको नानी बोहोराले वताईन् ।
हिमाली गाँउपालिका १, २ र ३ नम्बर वडा बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको जनक रोकायाले वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडी बाट एक साता लाग्ने गरेको छ । हिमाली गाँउपालिका ४ कवाडीमा डिपोबाट बिच्छँयाका गाँउहरुमा पुग्ने २ दिन सम्म लाग्ने गरेको छ ।
खााद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले भने कवाडी डिपोका लागिसुर्खेत खाद्य संस्थान बाट ९ सय, धनगढी संस्थान बाट ९ सय, मार्तडी बाट ९ र कोल्टि डिपो बाट ८ सय ढुवानी अनुदानमा डिपोमा चामल जाने बताए । प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने खाद्य संस्थान सँग कुरा भइसकेको चाडै चामलको ब्यबस्थापन गर्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार