गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा आज स्वतन्त्र जनदबाब अभियान समुहले मकवानपुरका प्रहरी उपरिक्षक सुशिलसिंह राठौरलाई ज्ञापनपत्र बुझाएको छ।
रुकुम चौरजहारी सामुहिक हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले मकवानपुरका प्रहरी उपरिक्षक सुशिलसिंह राठौर समक्ष ज्ञापनपत्र बुझाएकाे हो। ज्ञापन पत्र बुझ्दै उहाले दोषीमाथि कारवाही गराउन आफुले पहल गर्ने बताए ।साथै यस्ता खालका घटनामा प्रहरीले रातदिन काम गरीरहेको पनि बताए ।
सम्बन्धित सरोकार निकायहरुलाई हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमसगैं ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउंदै जाने अभियन्ता भुमिनन्द गौतमले बताए ।साथै उहाले आगामी जेठ ३२ गते प्रदेशसभा भवन अगाडी १२ बजेदेखि २ घण्टा प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सङ्कलन गरिने पनि जानकारी दिएका छन् ।