शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • बाजुराकाे धुरालसैन क्वारेनटाइनका मात्र १९ जना कोरोना संक्रमित

बाजुराकाे धुरालसैन क्वारेनटाइनका मात्र १९ जना कोरोना संक्रमित

  • शुक्रबार, जेष्ठ ३०, २०७७
बाजुराकाे धुरालसैन क्वारेनटाइनका मात्र १९ जना कोरोना संक्रमित

बाजुराको धुरालसैन क्वारेनटाइनमा बसेका १ सय ८२ जना मध्ये १९ जनालाई कोरोना पुष्टि भइसकेको छ । सोही क्वारेनटाइनमा बसेकी २ बर्षिय वालिकाको दुईसाता पहिला कोरोना बाट मृत्यु भइसकेको छ ।
१ सय ८२ जना मध्ये ६२ जनाको अझै पिसिआर रिपोट भने अझै आउन बाकि रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । मृतक वालिका र उनकि २३ बर्षिय आमालाई जेठ १८ गते कोरोना पुष्टि भएको थियो । १७ जनालाई भने बिहिवार मात्र कोरोना पुष्टि भएको रिपोट आएको थियो । जेठ १९ गते पिसिआरका लागि स्वाब संकलन गरेको भएपनि १० दिन पछि मात्र रिपोट आउन शुरु भएको छ, केही अझै आउन बाकि रहेको स्वास्थ्य कार्यलय बाजुरा प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।
बिहिवार नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टिनमा बसेका ४ दिने शिशु सहित १७ जनामा कोरोना देखिएको हो । जसमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
बुढिगंगा १ कि कोरोना बाट मृत्यु भएकी वालिका आएको दिनमा बाजुरामा नौ वटै स्थानिय तहका ३ सय ७१ जना आएको बुझिएको छ । १३ गते गौरिफन्टा नाका बाट आएका ति वालिका र उनका आमाबुवा १४ गते बाजुरा पुगेका थिए ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेनटाइनमा त्यो दिन ५४ जना बसेका थिए । बालिकाको अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा जेठ १५ गते साझँ राखिएको थियो । धुरालसैन क्वारेनटाइनमा अहिले ६१ महिला र १ सय २४ पुरुष गरि १ सय ८५ जना रहेका छन् । उनिहरु सँगै भारत बाट आएका क्वारेनटाइनमा बसेका धिर बहादुर परिले भने धनगढी बाट बाजुरा आउदा एउटै बसमा आएका अन्य क्वारेनटाइनमा बसेको बताएका छन् । बुढिगंगा नगरपालिका ४ र २ का बासिन्दा पनि आएको बडिमालिका खबरलाइ बताएका छन् ।
जेठ १९ गते पिसिआर संकलन गरेर धनगढी लगिएको स्वाबको रिपोट १० दिन पछि बिहिवार मात्र रिपोट आएको थियो । एउटै क्वारेनटाइनमा १७ जना भेटिएका छन् । कसैलाई त्यस्तो अफ्ठयारो भएको छैन्, सामान्य अबस्था रहेको स्वास्थ्यकर्मीले वताएका छन् । नगरप्रमुख दिपक शाह क्वारेनटाइनमा पुगेर उनिहरुको बिद्यालयको क्वारेनटाइनमा अलगै राख्ने ब्यबस्थान गरेको वताएका छन् ।
१७ जना धुरालसैन माबिको क्वारेनटाइनमा राखिएको छ, भने मृतक वालिकाकि आमा भने जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार