• होमपेज
  • देश
  • खुकुलो भयो लकडाउनः के खुल्ने, के नखुल्ने ?

खुकुलो भयो लकडाउनः के खुल्ने, के नखुल्ने ?

  • बिहिबार, जेष्ठ २९, २०७७
खुकुलो भयो लकडाउनः के खुल्ने, के नखुल्ने ?

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको छ। कोरोना संक्रमण कायमै रहेको भन्दै सरकारले चरणबद्ध रुपमा विभिन्न क्षेत्रहरुलाई खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

त्यसअनुसार शुक्रबारदेखि के–के खुल्ने ?

–उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने
–पसल र डिपार्टमेन्ट स्टोरहरु खोल्न पाइने
–रेष्टुरेन्टहरु प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिने
–सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्ने तर विहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ।
–सबै प्रकारका ढुवानी, पैदल आवागनमन गर्न खुला गरिने
– त्यस्तै साइकल र मोटरसाइकल चलाउन पाइने तर एक जनामौ सवार हुन पाउने

के–के खुल्दैनन् ?

-शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु)

-अनुमति प्राप्त बाहेकका अन्तरराष्ट्रिय र आन्तरिक उडानहरु ।

-तोकिए बाहेकका अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत

-सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।

-सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

-सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जनस्थल

-सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।

-स्पा, सैलुन र ब्यूटीपार्लर

-स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरु

-सपिङ मलहरु

-समूहमा खेलिने खेलमुद र खेल मैदानमा हुने प्रस्तुतीहरु

-सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु

-यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।

-काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन । #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार