शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा ४ दिनकी शिशुकी आमालाई समेत कोरोनाको संक्रमण

बाजुरामा ४ दिनकी शिशुकी आमालाई समेत कोरोनाको संक्रमण

  • बिहिबार, जेष्ठ २९, २०७७
बाजुरामा ४ दिनकी शिशुकी आमालाई समेत कोरोनाको संक्रमण

बाजुरा– बाजुरा जिल्लाको धुरालशैन माबिमा रहेको क्वारेन्टाइनकी ४ दिनको शिशु संगै उनकी आमालाइ समेत कोरोना संक्रमण देखीएको छ । बाजुरा जिल्लामा एकै दिन देखीएका १८ जना मध्य जन्मेको चार दिनको शिशुसंगै आमालाई समेत कोरोना पुष्टी भएको श्रोतले जनाएको छ । जेठ १५ गते भारतको पलिया भन्ने ठाउँमा सो शिशुको जन्म भएको र हाल बुढिगंगा नगरपालिका वडा न १ को धुरालशैन माबिको क्वारेन्टाइनमा बसेका आमा र शिशु संगै रहेका छन् ।
जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ मा रहेको धुरालशैन माबिका १ सय ८७ जनाको स्वाव संकलन गरि धनगढी प्रयोगशालामा पठाएकोमा १८ जनामा कोरोना संक्रमण देखा परेको छ । जसमा ४ दिनकी शिशु सहित रहेकाख छन् ।
केही दिन अगाडी सोही क्वारेन्टाइनमा बसेका एक शिशुको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार