बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • फुटबल
  • रोनाल्डो र डिबाला एउटै टोलीमा रहन गाह्रो : प्रशिक्षक सारी

रोनाल्डो र डिबाला एउटै टोलीमा रहन गाह्रो : प्रशिक्षक सारी

  • बिहिबार, जेष्ठ २९, २०७७
रोनाल्डो र डिबाला एउटै टोलीमा रहन गाह्रो : प्रशिक्षक सारी

एजेन्सी — स्टार स्ट्राइकरद्वय क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालालाई एउटै टोलीमा सँगै बस्न गाह्रो रहेको युभेन्टसका मुख्य प्रशिक्षक माउरिजिओ सारी बताएका छन् ।

११२ मिलियन युरोमा पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डोलाई अनुबन्ध गरेपछि डिबाला २०१८–१९ को सिजनदेखि उनको छायामा परेको देखिन्छन् ।

डिबालाले सिजन २०१७–१८ मा युभेन्ट्सका लागि ४६ खेल खेल्दै २६ गोल गररेका थिए । तर, त्यसपछि दुई सिजनमा उनले उलेख्ख प्रदर्शन गर्न सकेका छैनन् । उनले गत सिजनमा १० गोल गरेका थिए भने यो सिजन १३ गोल गरेका छन् । उनी यस सिजनको सुरुमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिएका थिए । तर, त्यो सफल हुन सकेन ।

रोनाल्डोले सिरी एमा लगातार दोस्रो सिजनमा पनि २१ गोल पूरा गरेका छन् । तर, प्रशिक्षक सारीले उक्त जोडीलाई लामो समय युभेन्टसका लागि दक्ष रूपमा तयार पार्न गाह्रो रहेको स्वीकारेका छन् ।

“डिबाला एक अभूतपूर्व खेलाडी हुन् । मुख्य कुरा भनेको उनी र रोनाल्डो मैदानमा सँगै बस्नुपर्छ । तर, उनीहरू सँगै खेल्न सजिलो छैन,” मुख्य प्रशिक्षक सारीले भने, “जब एउटै किसिमको क्षमता भएका दुई खेलाडी उपलब्ध हुन्छन्, तब टोलीका बाँकी खेलाडीले अनुकूल मिलाउनुपर्छ । किनकि दुवै आक्रमण गर्ने तयारीमा हुन्छन् ।”

चर्चामा

सम्बन्धित समाचार