सुरेशकुमार पान्डे– केहि दीन बाट रेलको स्टेसनमा भिख माग्दै गुजारा गर्ने केही भिखारीको माझमा एउटी अर्ध बैँसे महिला एउटा झोला र छिया छिया भएको एउटा कम्बल लपेटेर टिकट काउँटरको नजिकै भित्तामा अडेश लागेर बसेकी थिईन।
साहिद उन्लाई आज सञ्चो थिएन उन्ले पहिलेको झैँ भिख मागेकि थिईनन। यो सहर देखि बेटर पार्टीको काम मा हिँड्ने कतिपय समाजिक साथिहरुले उन्लाई निहाली रहेका थिए।अरु दिन जस्तो भिख मागेको आज नदेखेपछि एउटा बेटरमा जाने युवाले-केभयो संच छैन तिमिलाई?उस्ले हिन्दी भाषामा भनेको थियो तर उन्ले-संचछैन!भनेर नेपाली भाषामा भन्छिन।साहिद उन्लाई हिँदी बोल्नै आउँदैनथ्यो।अनि दीदी काँ बाट आउँनु भयको?भनेर युवाले आश्चार्य हुँदै प्रश्न गर्छन।युवा समाजिक सँगठन सँग जुडेका सामाज सेवक हुँन।
महिला लाई उनि आउँदा जाँदा देख्दा उन्को पहिरन बाट नेपाली वा गढ्वाली हुँनकी भन्ने संका ता थियो तर पक्का नेपाली हुँन जस्तो लाग्दैन थ्यो तर आज उन्को बोलीले भने बेटरमा जाने युवाहरुलाई आश्चार्य लाग्यो। उन्ले आफ्नो घर गाउँ भनिनन् उन्लाई बिसन्च भयको देखेर धेरै सोधपुच गर्न पनि उनिहरुले चाहेनन।नजिकैको एउटा मेडिकल बाट औषधी दिलाएर केही खानेकुरा किन्दिएर युवाहरु आ-आफ्नो काम मा गए। एकजना सामाजिक कार्याक्रता भयको नाताले उनिहरुले भोलि पल्ट काम बाट फर्किए पछि मणि लगायतका साथिहरुमा उक्त महिँलाको बारेमा कुरा राख्छन।समाजले महिला लाई आफ्नो शंरक्षाणमा लिएर उपचार गराउँन थाल्छन।उन्लाई बस्नको लागि एक जना फैमिली वाला सामाजिक साथिका घरमा राख्छन।सामाजिक खर्चमा उनको उपचार गर्ने र खानाको ब्यबस्था गर्छन।कयौँ साथिहरुले कपडा हरु ल्याई दिन्छन।अब केहिदीनमा उनि अलि ठिक हुँदैजान्छिन।
उनका हात खुट्टामा घाउहरु थिए अनि मानसिक रुपबाटपनि उनि बिमार्नै भय जस्तो लागथ्यो। मणिहरुले उन्लाई राम्रैगरी सोधपुछ गर्छन उनि भारतकै आसाम कि भयको जानकारी आउँछ।उनि बंगाली र नेपाली भाषा राम्रो बोल्थिन। उन्ले आफ्नो परिवार लाई स्थानिए दुश्मन लागेर मराई दिएको आफु घरबाट भागेर ज्यान जोगाएको बताईन,त्यो कति सत्य थियो त्यसबारे भने पत्तो लागेन।अब समाजले उन्लाई कता र कति दिन राख्न सक्थ्यो?नेपाली भयको भय नेपालमा परिवार खोज तलास गर्न सकिन्थ्यो तर भारतिय बासिन्दालाई यात प्रशासनको हवाला दिनुपय्रो।यो बिषयलाई लिएर समाजको मिटिङ बस्यो र समाजले उन्लाई प्रसाशनको मद्त बाट उन्लाई घरपुराउँने आसाम मै भन्ने निर्णयमा पुग्यो।गंगाले आफु घर नजाने बरु यतै भिख मागेर ज्यायन पाल्ने भनिन। यो एउटा ठुलो समस्या आई लाग्यो समाजले उन्लाई नारि निकेतनमा दिनुपर्छ भन्यो।
केहिदीन पछि एक जना समाजकै साधारण सदस्यले समाजले ईजाजत दिए पर आफुले यो महिला सँग बिबहा गरेर पाल्ने बिचार ल्याए। उनि पनि जमाना देखि बिदेशमा बसेका उन्को परिवार न भयको एउटा सैलरमा चौकिदारी गरेर जिवन बिताउँदै आएका थिए।उमेरको हिसाबलेपनि मिल्दो जुल्दो थियो,आखिर कसैले जिवन साथिनै बनाएर राख्न खोजे यस्मा कुनै आपत्ति पनि थिएन।उनि घर जान नमान्ने अनि उन्लाई फेरी भिख मागेर खाउ भन्नपनि राम्रो होईन नारी निकेतन पनि कत्तिको शुरक्षित हुँन्छर? जेहौश भिमले उन्लाई आफ्नो पहाडमा भयको पाटोपनि नाम गर्दिन्छु भने अनि कुनै दुखःनदिने बिचार लिखितरुपमा दिएपछि गंगापनि बिहेगर्न राजि थिईन।
यसरी उनिहरुले बिबहा गरेर घर बसाउँने भय त्यो बिहेमा सबैले सामिल हुँने निर्णय गरियो। सामाजिक संगठनले कसैलाई पनि बे-वारीश भयर मर्न दिएको थिएन।यो सहरमा जति ठुला समस्याहरु आईपरेपनि ति सबै समाधान भयका थिए। गंगाजी हजूरले बिवहा गर्नु हुँने भयो त साँच्चै?मणिले अलि चर्केर सोध्छन।हजूर,हामि दुबैले बिबहा गर्ने निर्णय गय्रौ!गंगाले उत्तर दिन्छिन।अनि पहिले का लोग्ने लिन आएभने के हुँन्छ?मणि फेरी गर्जिन्छन।छैनन हजूर मेरा कोईपनि मेरो बिस्वाश गर्नुश भन्दै उनि मलिन हुँन्छिन।उनिहरुले अबदेखि सँगै बाच्ने सँगै मर्ने निर्णय गर्छन।यो दुनियामा जस्तालाई तेस्तै भेट्टिन्छ।
अब भिम र गंगाको बिहे हुँन्छ समय बिस्तारै बित्दै जान्छ दुखः सुखःरमाउँदै हसाउँदै गंगाले एउटा छोरा लाई जन्माउँछिन तर छोरा सानो छँदै उनि पेटमा भयको अल्शरको कारण मर्छिन। उनि बाट जन्मिएको शुन्दर बालखलाई जँहा गयपनि भिमले बोकेर हिँडि राख्थे। उन्ले त्यो बच्चालाई आफ्नो प्रणा भन्दा प्यारो ठानेर पालेका छन।कयौँले उनि सँग त्यो बच्चालाई गोद लिने प्रस्ताब पनि राखे तर मानेन।अब आफु यहि बच्चाको लागि जिवित रहेको बताउँथे। यो समाजिक कार्या कस्तो थियो साहिद त्यो बाबु अहिले तन्नेरी भयकोछ उस्ले मुल्यांकन गर्दै होला! ११-६-२०२०,