शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाचार
  • झण्डै ६६ हजारलाई राखियो क्वारेन्टिनमा

झण्डै ६६ हजारलाई राखियो क्वारेन्टिनमा

  • बिहिबार, जेष्ठ २९, २०७७
झण्डै ६६ हजारलाई राखियो क्वारेन्टिनमा

धनगढी —  सुदूरपश्चिममा लकडाउनको अवधीमा भरात लगायतका क्षेत्रबाट फर्किएका ६६ हजार बढिलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ६६ हजार एक सय १२ जनालाई क्वारेन्टाईनमा राखिएको हो।

प्रदेशभरी ८१ हजार तीन सय ३२ जना अटाउने एक हजार आठ सय ५७ वटा क्वारेन्टिन बनाईएकोमा भारतबाट आएका ५५ हजार पाँच सय ८३ जना पुरुष र १० हजार पाँच सय २९ जना महिला गरी ६६ हजार एक सय १२ जनालाई क्वारेन्टिनमा राखिएको हो।

स्वास्थ्य निर्देशनालय सबैभन्दा बढि कैलालीमा २१ हजार दुई सय ५६, जनालाई क्वारेन्टिनमा राखिएको छ। डोटीमा १० हजार तीन सय ६, कञ्चनपुरमा सात हजार एक सय ७४ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

यस्तै बैतडीमा चार हजार एक सय ५०, डडेल्धुरामा तीन हजार आठ सय ५८, अछाममा नौ हजार तीन सय ३६, बझाङ तीन हजार दुई सय ३७, बाजुरामा पाँच हजार तीन सय ८९ र दार्चुलामा एक हजार चार सय ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार