• होमपेज
  • समाचार
  • रौतहटमा कोरोना जित्नेको संख्या एक सय नाघ्यो

रौतहटमा कोरोना जित्नेको संख्या एक सय नाघ्यो

  • बिहिबार, जेष्ठ २९, २०७७
रौतहटमा कोरोना जित्नेको संख्या एक सय नाघ्यो

रौतहट – कोरोना भाइरस संक्रमितको मामिलामा प्रदेश २ मा नै सबैभन्दा अगाडि रहेको रौतहटमा कोरोना जित्नेको संख्या पनि थपिदै गएको छ ।

कोरोना भाइरस जित्नेको संख्यामा पनि रौतहटले अग्रता लिएको छ । बुधबार मात्रै रौतहटमा एकैपटक ६५ जनाले कोरोना जितेका छन् ।

गरुडा नगरपालिका जिंगडियास्थित प्रहरी विद्यालयमा निर्मित आइसोलेसनबाट ६५ जनाले कोरोना जितेका हुन् । त्यहाँ रहेका ७५ जनामध्ये ६५ जनाको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई फूलमाला लगाएर सम्मानसाथ घर पठाइएको प्रशासकीय अधिकृत मुस्ताख आलमले बताए ।

यसअघि गौरस्थित नर्सिङ क्याम्पस र नारायणी अस्पताल बाट कोरोना जितेर ३६ जना घर फर्केको जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले बताएका छन् ।

रौतहटमा कोरोना भाइरस जितेर बुधबार बेलुकी सम्म घर फर्किनेको कुल संख्या १०१ पुगेको प्रमुख साहले जानकारी दिए । त्यसैगरी, जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म ४८६ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

संक्रमितहरुको गौर गरुडा, देवाहिगोनाही, राजपुर, चन्द्रपुर लगायतका स्थानमा निर्माण भएको आइसोलेसनमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार