शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा आरडीटी किट र भिसिआरको जहिल्यै अभावमा छौ स्वास्थ्य कार्यालय प्रमुख : पन्त ( भिडीयो सहित )

बाजुरामा आरडीटी किट र भिसिआरको जहिल्यै अभावमा छौ स्वास्थ्य कार्यालय प्रमुख : पन्त ( भिडीयो सहित )

  • बुधबार, जेष्ठ २८, २०७७
बाजुरामा आरडीटी किट र भिसिआरको जहिल्यै अभावमा छौ स्वास्थ्य कार्यालय प्रमुख : पन्त ( भिडीयो सहित )

बडिमालिका खवर — बाजुरा जिल्लामा आरडिटी किट र भिसिआरको अभाव हुने गरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोना रोकथामका लागि भइरहेका प्रयासका बारेमा गरिएको अन्तबार्तामा सो कुरा पन्तले बताएका हुन ।
बाजुरा जिल्लाका नौ ओटे स्थानीय तहमा रहेका र संकास्पद ४ सय ६७ जनाको स्वाव संकलन गरिएको छ । बिभिन्न समय गरी आज सम्म संका लागेको ४ सय ६७ जनाको स्वाव संकलन गरिएको छ ।
जिल्लाका नौ ओटै स्थानीय तहमा गरी १ सय ५ जना महिला र ३ सय ६२ जना पुरुष गरी ४ सय ६७ जनाको स्वाव संकलन गरीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हाल सम्म जिल्लामा २ जना आइसोलेशन बेडमा रहेका छन । जसमा एक जना कोरोना संक्रमीत हुन । जिल्लाको आइसोलेशनबाट १ सय २७ जना बाहिरीएका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जसमा ९४ जना पुरुष र ३३ जना महिला रहेका छन् ।
तर भारतबाट आएकाहरु सबैको स्वाव संकलनको कुरा भन्दा पनी आरडिटी परिक्षण गर्न नसकिने स्थिती भएको पन्तको भनाइ रहेको छ ।
जिल्लाका नौ ओटै स्थानीय तहमा १ सय ६७ बेडका आइसोलेशन रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जसमा जिल्ला अस्पताल बाजुरामा १२ बेडको आइसोलेशन रहेको छ । त्यसै गरी त्रिबेणी नगरपालिकामा ६० बेड, बुढिगंगा नगरपालिकामा ३५ बेड, खप्तड छेडेदह गाउँपालिकामा ८, गौमुल गाउँपलिकामा १० बडिमालिका नगरपालिकामा ३७ स्वामी कार्तिक खापर गाउँपालिकामा १ हिमाली गाउँपालिकामा २ र बुढिनन्दा नगरपालिकामा २ गरी १ सय ३७ बेडका आइसोलेशन रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बडिमालिका खवरमार्फत बताए ।
त्यसै गरी स्वाव संकलनका लागि प्रयोग हुने भिटिएम हालसम्म २७ ओटा बाकी रहेको र २ सय ५२ ओटा खर्च भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । १ हजार ९ सय ६८ जनाको आरडिटी परिक्षण गरीएको जनाएको छ । जसमा ४ सय ७ जना महिला र १ हजार ५ सय ६१ जना पुरुषको आरडिटी परिक्षण गरीएको स्वास्थ्य कार्यालयको तथ्याङकमा रहेको रहेको प्रमुख पन्तको भनाइ रहेको छ ।

https://www.youtube.com/watch?v=KShVw_43iSs&t=7s

चर्चामा

सम्बन्धित समाचार