बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • फिचर
  • हामि नर्स अपहेलना होइन सुरक्षा र हौसला चाहान्छौ

हामि नर्स अपहेलना होइन सुरक्षा र हौसला चाहान्छौ

  • बुधबार, जेष्ठ २८, २०७७
हामि नर्स अपहेलना होइन सुरक्षा र हौसला चाहान्छौ

आज बिश्वनै त्रसित हुने गरी कोरोनाको महामारी फैलिरहेको अबस्था छ । लाखौ मानिसले ज्यान गुमाइसकेका छन् । लाखौ मानिस मृत्यु सँग लडिरहेका छन् । यो बिश्वब्यापी महामारि सँग सम्पुर्ण स्वास्थ्यकर्मी अँग्रपन्तिमा लडिरहेका छन् । स्वास्थ्यकर्मीले पनि धेरैले ज्यान गुमाइसकेका छन् ।

नेपाल पनि यो कोरोना बाट कसरी बच्न सक्थ्यो र । नेपालमा .पनि दिनप्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । अमेरिका, चिन, इटली जस्ता बिश्वका शक्तिशालि देशहरुमा पनि कोरोना भाइरसले निकै संकट निम्त्याएको बेला यस भाइरमा हामी नर्स अग्रपन्तिमा लडिरहेका छौ । नेपाल सरकारले अछाम जिल्ला अस्पताललाई कोभिड १९ लेभल १ अस्पतालको रुपमा छनोट गरिएको छ र अहिले अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचारमा आइसोलेसनमा काम गर्ने म नर्स हुँ । स्वास्थ्यकर्मीहरु संक्रमणको उच्च जोखिममा रहेको हुनाले उनिहरुको लागि अत्यन्तै तनावपुर्ण स्थिती रहेको छ । म आफै पनि एक नर्स हुँ ।

जब नेपालमा पहिलो पटक संक्रमण देखियो हामी एकदम डराएका थियौ । भोली आउने समस्याका बारेमा चिन्तित थियौ । तर पनि हाम्रो मनमा जति तनाब भएता पनि बिरामीलाई दिल खोलेर ओठमा नआएको हाँसो निकालेर हौसल्ला र सेवा दिन पछि परिएन जस्तो लाग्छ । आफुलाई मानसिक तनाव भएतापनि बिरामीको अगाडि आफै पनि मानसीक नभएर मुस्कान सहितको सेवा दिन्छौ तर यसलाइ मैले बाध्यता भन्दा पनि एक असल नर्सको जिम्मेवारी हो भन्ने ठानेकी छु । कोही सानो दुधे बालक छोडेर डिउटी गर्न आउछन्, कोही घरमा बुढा आमा, बुवा र परिवार छोडेर आउँछन् । संसारलाइ बचाउन हिडेका हामी कतिखेर आफु र आफ्नो परिवारलाई संक्रमित बनाउछौ, थाहा छैन् । न्युनतम सुरक्षा साम्रगि पिपिइ सेट अभाबमा बिरामीहरु स्वास्थ्यकर्मीबाट नै असुरक्षित छन् ।

हामीले विना हतीयार मैदानमा लडनुपर्ने स्थिती रहेको छ । अधिकांश अस्पतालमा नर्सहरुको लागि प्रयाप्त पिपिइ ब्यबस्था नभएको गुनासो पाईएको छ । फलस्वरुप नेपालमा पनि दिनानुदीन नर्सहरु संक्रमणमा परिरहेको खबर सुनिन्छ । कतिपय ठाँउ तथा अबस्थामा नर्सलाइ कम जोखीम रहेको भनेर डाक्टरलाई मात्र पिपिइ दिएको गुनासो सुनिन्छ । क्वारेनटाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई १ सेट मात्र पिपिइ दिएको सुनिन्छ । त्यो एक सेट पिपिइ कति दिन प्रयोग गर्ने ? प्रत्येक अस्पताल, नगरपालिका गाँउपालिकाले चाडो भन्दा चाडो पिपिइको ब्यबस्था गर्नुपर्छ । दिनहु डिउटी गर्ने क्रममा संक्रमणको जोखिम भएतापनि आफनो सन्तृष्टिका लागी कोरोना जाँच गराउन चाहे पिसिआर जाँच सजिलै गराउन सकिएको छैन् । पिसिआर रिपोट आउन पनि कम्तिमा १ हप्ता भन्दा बढि समय लाग्छ ।

स्वास्थ्यकर्मीको लागि पिसिआर गर्न चाहे सजिलै त्यो सेवा सुबिधा उपलब्ध गराउनुपर्छ । कुनै कोरोनाको आंशका भएका बिरामीको सम्पर्कमा आएपनि क्वारेनटाइन को ब्यबस्था नहुँदा धेरै समस्या भोगिरहनु परेको छ । स्वास्थ्यकर्मीहरुको लागि छुट्टै आवासको ब्यबस्था गरिनु परयो । जसले गर्दा उनिहरु दिनरात आफ्नो परीवार बालबच्चा संक्रमित होलाकी भन्ने डर बाट मुक्त हुन सक्छन् । अस्पतालमा जतिसक्दो आफ्नो कर्मचारीलाई सुरक्षित राख्दै अब आउन सक्ने एकदमै नराम्रो भयावह स्थीतिको लागि तयार हुने निति बनाउनु पर्छ । नर्सको लागि अस्पताल घर जस्तै हो । त्यो समस्या त एकातर्फ छदै छ । अर्कोतर्फ सामाजिक रुपमा पनि हामी अपेहेलित हुनुपरेको छ ।

कोभिड १९ को महामारी आउन अगाडि सिस्टर मेरो घरमा कोठा खालि छ, यता बस्नुहोस, नर्स घरमा भएपछि आपत विपतमा वा बिरामी पर्दा हामीलाई सहयोग हुन्छ भन्ने घरबेटी तथा छिमेकी यो संकटमा घडिमा सिस्टर हामि गाँउको घरतिर जान्छौ, सिस्टर कोठा खालि गर्नुहोस तपाई अस्पतालमा काम गर्नुहुन्छ भन्छन् । हामिलाई कोरोनाको रिपोट देखाएर मात्र घरभित्र पस्न पाउनुहुन्छ । जस्ता ब्यवहारले हामीलाइृ थप तनाव सिर्जना गराईदिएको छ । हामी प्रति हेर्ने दृष्किोण नै फरक देखिन्छ ।

समाजलाइ परिर्वतन गरिनुपर्छ । हामी आफु संक्रमित हुने जोखिम बोकेर हरपल लडिरहेका छौ । यस्तो भयावह महामारकिो घडीमा हामी नर्सहरुलाई सबैको साथ सहयोग हौसला पाउनुपर्ने उल्टै टुहुरा भएका छौ । हाम्रो सुरक्षालाई गम्भिरतापुर्वक लिएको पाइदैन, यसरी तनाबको बिचमा कसरी यो युद्ध जित्न सक्छौ होला र ।

नर्सहरु कोरोना संक्रमित हुनु अगाडिनै निरासा र तनाबले संक्रमित छन् । हामी नर्सहरु तनाब होइन, हौसला र सुरक्षा चाहान्छौ । ताकि हाम्रो मनोबल उच्च राखेर यो लडाइ जित गर्न सक्छौ । आशा छ, सम्बन्धित निकायहरुले यो बिषयलाइ गहन रुपमा लिएर हामी नर्सहरुको समस्यालाई समाधान गर्न सहयोग गर्नुहुने छ ।

खत्री जिल्ला अस्पताल अछाममा  स्टाफ नर्समा कायर्रत कर्मचारी  हुन 

चर्चामा

सम्बन्धित समाचार