सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • बुढिगंगा ७६ र त्रिबेणिका ३ गरी ७९ जनाको पिसिआर रिपोट नेगेटिभ

बुढिगंगा ७६ र त्रिबेणिका ३ गरी ७९ जनाको पिसिआर रिपोट नेगेटिभ

  • बुधबार, जेष्ठ २८, २०७७
बुढिगंगा ७६ र त्रिबेणिका ३ गरी ७९ जनाको पिसिआर रिपोट नेगेटिभ

बाजुराका ७९ जनामा पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । प्रदेश प्रयोशाला बाट बुधवार ७६ बुढिगगा नगरपालिका र ३ त्रिबेणी नगरपालिकाकाे गरी ७९ जनाको रिपोट नेगेटिभ आएको छ, बाँकिको आउने क्रम जारि रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले बडिमालिका खबरलाइ बताएका छन् ।
जिल्ला बाट २ सय ५४ जनाको स्वाब संकलन गरेर पठाईएको थियो बाकिको पनि आउने क्रम रहेको उनले वताएका छन् ।
कोरोनाका कारणले बालिकाको मृत्यु र आमा संक्रमित पुष्टि पछि, उनिहरु बसेको धुरालसैन क्वारेनटाइन, उनिहरु आएको बसको, स्वास्थ्यकर्मी र प्रहरीको २० गते स्वाब संकलन गरेर धनगढी पठाएको थियो ।
१९ गते १ सय ८७ जना, २२ गते २० जना र २३ गते ४४ र २४ गते ३ जना गरि जम्मा २ सय ५४ को स्वाब संकलन गरेर धनगढी पठाएको भएपनि १९ गतेको पनि रिपोट नै नआएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । स्वाब संकलनको रिपोट ढिला हुने र प्रयोगशामा धेरै स्वाबको रिपोट आउन बाकि रहेपछि प्रदेश सरकारले ५ दिन सम्म स्वाब संकलन नगर्ने जिल्लामा पत्रचार गरेको थियो । पुरानै रिपोट आउन बाकि छ, आरडिटि पोजेटिभको स्वाब संकलन गर्न नसकेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार