
०७७ ज्येष्ठ २८ गते बुधबार
मेष : दिन उत्तम खालको रहनेछ । मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । जोश, जाँगर बढ्नेछ
वृष : दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रुचि कम हुनेछ । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ । स्वास्थ्यमा गडबड हुन सक्छ ।
मिथुन : दिन प्रतिकूल रहनेछ । शरीरमा सामान्य चोटपटक लाग्न सक्नेछ । यातायातको साधनमा सावधानीको खाँचो रहनेछ ।
कर्कट : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जन गसरनेछ ।
सिंह : दिन उत्तम रहनेछ । सरकारी सेवाबाट लाभ मिल्नेछ । नियमित कामबाट मनोबल बढ्नेछ । शत्रु परास्त हुनेछन् ।
कन्या : दिन मध्यम रहनेछ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । निर्णय क्षमता कमजोर हुनेछ । धैर्य गर्नु बेस हुनेछ ।
तुला : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
वृश्चिक : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । अरूबाट सहयोग मिल्नेछ ।
धनु : दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्तिमा कमी आउन सक्नेछ । शरीर पनि अस्वस्थ हुनेछ । सावधानी अपनाउनु पर्नेछ ।
मकर : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । बौद्धिक कार्य हुनेछ । पराव्रmम बढ्नेछ ।
कुम्भ : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । व्यवहारिक समस्याले पिरोलन सक्नेछ । हरेक कामममा सावधानीको खाँचो रहनेछ ।
मीन : दिन सन्तोषजनक रहनेछ । आय आर्जनका विभिन्न मार्गहरू खुल्नेछन् । कामप्रति तीव्रता आउनेछ । मन रमाउनेछ ।
