बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • के मिल्दैन त उनिहरु सँग भारु नोट

के मिल्दैन त उनिहरु सँग भारु नोट

  • मङ्लबार, जेष्ठ २७, २०७७
के मिल्दैन त उनिहरु सँग भारु नोट

गजल!
पुग्ने भयो नेता लाई बिदेशीको ओट भए पछि,
के मिल्दैन त उनिहरु सँग भारु नोट भए पछि।

जनता त उनिहरुको दृष्टीमा भेडा र बाख्रा हुँन,
के चाहियो उनिहरुको भाग मा भोट भए पछि।

जिन्दगी स्वर्ग भन्दा कम कहाँ हुँन्छ नेताहरुको,
गफगर्ने थलो सँगै राजधानीमै फलोट भए पछि।

जनता खुसिछन खरको छानो मा सदियौँ देखी,
एक छाक खाने नुन सँग पेटभरी रोट भए पछि।

जितेर जाने फेरी फर्की आउँदैन गाउँ बर्सौ सम्म,
उस्को मन अनि मष्तिकमै समेत खोट भए पछि।

असंख्या छन तर डराएर बाँचेकाहरु देश बिदेश,
थर थरनै भयका हुँन्छन मनभित्र चोट भए पछि।

आउ छिट्टो बदलेर देखाउँ यो भ्रष्टचारी ब्यबस्था,
के हुँन सक्तैन यार भन मन मा अठोट भए पछि।
सुरेशकुमार पान्डे।९-६-२०२०,

चर्चामा

सम्बन्धित समाचार