• होमपेज
  • देश
  • यी हुन् कोरोना नफैलिएका पाँच जिल्ला

यी हुन् कोरोना नफैलिएका पाँच जिल्ला

मृतक १४ जना कुन जिल्लाका थिए ?

  • मङ्लबार, जेष्ठ २७, २०७७
यी हुन् कोरोना नफैलिएका पाँच जिल्ला

नेपालमा गत माघ १० गते पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता नेपालमा कोरोना सातै प्रदेशका ७१ जिल्लामा फैलिसकेको छ ।

पाँचवटा जिल्ला भने हालसम्म कोरोनाबाट सुरक्षित छन् । मनाङ, मुस्ताङ, रसुवा, इलाम र ओखलडुङ्गा हालसम्म कोरोना संक्रमण नभएका जिल्ला भएको स्वास्थ्य मन्त्रालयको सूचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिए ।

हालसम्म कोरोनाका कारण १४ जनाको ज्यान गइसकेको छ । कोरोनाबाट नेपालमा जेठ १ गते पहिलोपटक मृत्यु भएको थियो । सिन्धुपाल्चोक, गुल्मी, बाँके, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, स्याङ्जा, डोल्पा र धनगढीमा एक/एक जनाको मृत्यु भएको छ ।

नेपाल बाहिर भने १३८ नेपालीको कोरोना संक्रमणले ज्यान गइसकेको छ । नेपालमा ७१ जिल्लाका ३ हजार ७६२ जनामा कोरोना संक्रमण देखिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमध्ये ४८८ संक्रमित निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन सुरू गरेको आज ७८ औं दिन हो । #बाह्रखरी

चर्चामा

सम्बन्धित समाचार