बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • कोरोना रोकथामका लागि १० अर्ब खर्च कसरी भयो ? यस्तो छ स्वास्थ्यमन्त्रीको जवाफ

कोरोना रोकथामका लागि १० अर्ब खर्च कसरी भयो ? यस्तो छ स्वास्थ्यमन्त्रीको जवाफ

  • मङ्लबार, जेष्ठ २७, २०७७
कोरोना रोकथामका लागि १० अर्ब खर्च कसरी भयो ? यस्तो छ स्वास्थ्यमन्त्रीको जवाफ

काठमाडौं — स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको १० अर्ब विवरण प्रस्तुत गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले २ अर्ब ७६ करोड स्थानीय तहबाट खर्च भएको जानकारी दिए । ६ सय ४१ स्थानीय तहको खर्च मात्रै यसमा समावेश भएको उनले बताए । यो रकम क्वारेन्टाइन बनाउनेदेखि आन्तरिक कामका लागि पनि यो खर्च भएको उल्लेख गरे ।

यस्तै, प्रदेशबाट १ अर्ब ८ करोड खर्च भएको छ । केन्द्रको ६ अर्ब ३ करोड खर्च भएको जानकारी दिँदै यो खर्च स्वास्थ्य मन्त्रालय, सिसिएमसी लगायतबाट भएको मन्त्री ढकालले बताए । उनले कोरोना टे«सिङका लागि जाने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको खर्चपनि यसमै जोडिएर आउने जानकारी गराए । यस्तै २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य उपकरण खरिद गरिएको र त्यो खर्च पारदर्शी भएको मन्त्री ढकालको दावी छ ।

चर्चामा

सम्बन्धित समाचार