सुदूरपश्चिम प्रदेशमा आज ३७ जनामा कोरोना पुष्टि भएकोमा एक जना स्वास्थ्यकर्मी रहेको खुलेको छ। यसअघि कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकोमा आज पनि कञ्चनपुरकै अर्का स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो।
जिल्लाको पुनरवास नगरपालिकास्थित त्रिभुवनवस्तीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो। उनी कोरोना शंकास्पद बिरामीको स्वाब संकलनमा खटिएका थिए।
उनी अहिले पुनरवासमै छन् भने स्वास्थ्यकर्मीलाई बनाइएको छुट्टै आइसोलेसनमा राख्ने तयारी छ। यसअघि कञ्चनपुरको पुनरवास नगरपालिकाका ३६ बर्षीय ल्याव असिस्टेन्टमा पनि कोरोना पुष्टि भएको थियो। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। #साभार दिनेश खबर