सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाले काेराेनाकाे पिसिआर जाँच गर्ने मेसिन किन्न ३० लाख बिनियाेजन

बुढिगंगाले काेराेनाकाे पिसिआर जाँच गर्ने मेसिन किन्न ३० लाख बिनियाेजन

  • सोमवार, जेष्ठ २६, २०७७
बुढिगंगाले काेराेनाकाे पिसिआर जाँच गर्ने मेसिन किन्न ३० लाख बिनियाेजन

बाजुरा — बुढीगंगा नगरपालिकाले काेराेनाकाे पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ । पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरेको छ ।

साे मेसीन किनेर जिल्ला अस्पताल बाजुरा सँग समन्वय गरेर अस्पताललाइ सहयाेग गर्ने निर्णय गरेकाे छ । कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगर प्रवक्ता माया शाहले जानकारी बताएकी छन । बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा अछाम स्थित बयालगडा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको नगर प्रमुख दीपक विक्रम शाहले बताएका छन् ।

यस्तै कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्य कर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय गरेको छ । यस्तै आरडीटी परीक्षणबाट पोजेटिभ देखिएकाहरुलाई बडिमालिका क्याम्पस फालासैनमा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

नगरपालिका भित्रका सबै क्वारेन्टीनबाट पोजेटिभ देखिएकाहरु राख्नका लागि क्याम्पसलाई उपचार सुविधा र सुरक्षित व्यवस्था सहीतको क्वारेन्टीनका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । भने टाँटे स्वास्थ्य चौकीमा आइसोलेशन कक्ष सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर कार्यापालिकाको बैठममा नगर प्रमुख दिपक विक्रम शाह, उपप्रमुख तारा खाती, प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, कार्यपालिका सदस्य र वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । पीसीआर जाँच मेसिन खरिदका लागि निर्णय गर्ने बुढीगंगा पहिलो नगरपालिका हो ।

चर्चामा

सम्बन्धित समाचार