बाजुरा जिल्लामा केही दिन यता भारत बाट आएकाको आरडिटि परिक्षण गर्ने शुरु गरिएको छ । जसमा १ सय २७ जनालाइ पोजेटिभ देखिएको छ । नेगेटिभ देखिएका सबैलाई घर पठाउने काम गरेको छ भने पोजेटिभ भने सम्बन्धित क्वारेनटाइनमा रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
१ सय २७ जना मध्ये ३३ जना महिला रहेका छन् । उनिहरु सबैलाइ स्वाब संकलन गरेर पिसिआरका लागि धनगढी पठाउने रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । केहीको पठाइसकेका छौ, रिपोट आउन बाँकि छ केहीको भने प्रदेशले स्वाब संकलन गर्न रोकेपछि पठाउन बाँकि रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् । सबै जुन क्वारेनटाइनमा बसेका थिए त्यहि ठाँउमा आइसोलेसनमा राखेको पन्तले वताएका छन् ।
आरडिटिको बिश्वसनियता कम भएपनि बाजुरामा भने भारत बाट आएका सबैलाई आरडिटि गर्ने गरेको छ । केहि दिन यता आरडिटि पोजेटिभ देखिएका स्वामिकार्तिक गाँउपालिकाको १ जना, बडिमालिका नगरपालिकाका ३५ जना, गौमुल गाँउपालिकाका १३ जना, खप्तडछेडेदह गाँउपालिमा ६ जना र बुढिगंगा नगरपालिकाका २७ जना रहेका छन् । सबै भन्दा बढि त्रिबेणी नगरपालिकामा ५३ जना आरडिटि पोजेटिभ रहेका छन् । त्यस्तै जिल्ला अस्पताल बाजुरामा पनि ३ जनामा आरडिटि पोजेटिभ देखिएको छ ।
पोजेटिभ भएका सबै सम्बन्धित क्वारेनटाइनमा बसिरहेका छन् । कसैलाई पनि स्वास्थ्य समस्या नभएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्, कसैलाई स्वास्थ्य समस्या देखा परेमा जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा ल्याउने रहेको छ ।