बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ मा क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको रिपोट नेगेटिभ आएको छ । मृतक सँगै रहेका २ जनाको पनि पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । मृतकको स्वाब संकलन गरेर कोरोना परिक्षणका लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो । आरडिटिमा पोजेटिभ देखिएका दुइ जनाको पनि पिसिआर रिपोटमा नेगेटिभ आएको पन्तले बडिमालिका खबरलाइ बताएका छन् ।
जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ बर्षिया बृद्धको शनिवार बिहान मृत्यु भएको थियो । शुक्रवार साझ देखी खाना नखाएको र राती एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा न ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताएका थिए । गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिएका छन् । मृतक बृद्धा २५ बर्षदेखी भारतमा बस्दै आएका र यही जेठ १५ गते मात्र गाउँमा आएका हुन वडा अध्यक्ष रावतले जानकारी दिएका छन् ।
उनि पहिला देखि दमको बिरामी थिए, तर उनलाई एकाएक श्वासफेर्न ग्राहो भएको थियो, क्वारेनटाइनमा उपचार गर्ने केही थिएन, अन्तमा क्वारेनटाइनमै ज्यान गुमाउनु परेको क्वारेनटाइनमा बसेका एकजनाले बताएका छन् । मृतक पुरुषको लाश शनिवार नै शब ब्यबस्थापन गरिसकेको थियो ।