बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ३
  • २ जना मृत अवस्थामा फेला

२ जना मृत अवस्थामा फेला

  • सोमवार, जेष्ठ २६, २०७७
२ जना मृत अवस्थामा फेला

सिन्धुपाल्चोक र नवलपरासी (पश्चिम)मा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने ६० वर्षीय प्रेम हरिजन आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार