• होमपेज
  • देश
  • बयलपाटा अस्पतालका कर्मचारीले आफ्नै शरीरमा लगाए आगो

बयलपाटा अस्पतालका कर्मचारीले आफ्नै शरीरमा लगाए आगो

  • सोमवार, जेष्ठ २६, २०७७
बयलपाटा अस्पतालका कर्मचारीले आफ्नै शरीरमा लगाए आगो

अछामकाे बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिदार्थ आउजी आफ्नै शरीरमा आगो लगाएका हुन् । उनको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनको एक छोरा र एक छोरी रहेका छन् । केहि हप्ता अगाडि अस्पतालले आउदाे साउन बाट नियुत्ति नबिकरण नगर्ने जानकारी ३३ जना कर्मचारीलाइ गराएकाे थियाे । उनि भने चर्पी सफा गर्ने कामको जिम्मेवारीमा काम गर्ने गरेका थिए ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले नियुत्ति नबिकरण नगर्ने वताएकाे थियाे । दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिदार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए । अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार