• होमपेज
  • समाज
  • एक साता सम्म पनि पिसिआर रिपोट आएन

एक साता सम्म पनि पिसिआर रिपोट आएन

  • आइतवार, जेष्ठ २५, २०७७
एक साता सम्म पनि पिसिआर रिपोट आएन
फाइल फाेटाे

बाजुरामा जिल्ला बाट स्वाब संकलन गरेर धनगढी पठाएको एक साता बितिसक्दा पनि रिपोट आएको छैन् । गत आईतवार कोरोनाका कारणले बालिकाको मृत्यु र आमा संक्रमित पुष्टि भएको थियो । उनिहरु बसेको धुरालसैन क्वारेनटाइन, उनिहरु आएको बसको, स्वास्थ्यकर्मी र प्रहरीको १९ गते स्वाब संकलन गरेर धनगढी पठाएको थियो ।
स्वाब संकलन गरेर प्रादेशिक अस्पताल धनगढी पठाएको भएपनि अहिले सम्म रिपोट नै नआएको स्वास्थ्य कार्यलय बाजुराका सुचना अधिकारी अशोक सिंहले वताएका छन् । रिपोट आउछकी भने पर्खीरहेका छौ, अझै एकदुई दिन लाग्न सक्ने सिंहले वताएका छन् ।
१९ गते १ सय ८७ जना, २२ गते २० जना र २३ गते ४४ र २४ गते ३ जना गरि जम्मा २ सय ५४ को स्वाब संकलन गरेर धनगढी पठाएको भएपनि १९ गतेको पनि रिपोट नै नआएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । स्वाब संकलनको रिपोट ढिला हुने र प्रयोगशामा धेरै स्वाबको रिपोट आउन बाकि रहेपछि प्रदेश सरकारले ५ दिन सम्म स्वाब संकलन नगर्ने जिल्लामा पत्रचार गरेको थियो । पुरानै रिपोट आउन बाकि छ, आरडिटि पोजेटिभको स्वाब संकलन गर्न नसकेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
पुरानै रिपोट आउन बाकि छ, अहिले स्वाब संकलन गर्नका लागि पनि भिकटिएम अभाब रहेको अर्को प्रदेशले नै स्वाब संकलन नगर्न भनेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । जिल्लामा १ सय ८ आरडिटि पोजेटिभ देखिएका पनि उनिहरुको स्वाब संकलन गर्ने कुनै अत्तोपत्तो नभएको पाईएको छ, सबैलाई सम्बन्धित क्वारेनटाइनमा राखिएको छ ।
शुदुरपश्चिम प्रदेशमा पिसिआर चेक गर्ने एउटा मात्र प्रयोगशाला धनगढी रहेको छ, धेरै चाप भएकाले रिपोट ढिला आउने गरेको प्रदेश सरकारले वताएको छ । एउटा मात्र चेक गर्ने मेसिन भएपनि अर्को ब्यबस्थापनका लागि प्रदेश सरकारले कुनै चाँसो नदेखाएको पाईएको छ । बाजुरामा भारत बाट आएका १ सय २७ क्वारेनटाइनमा ४ हजार ९ सय २९ जना बसिरहेका छन् । जसमा ४ सय ६ वालवालिका र २४ जना गर्भवती रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार