• होमपेज
  • समाचार
  • क्वारेन्टिनको रुपमा प्रयोग गर्ने होटलहरुको सूची सार्वजनिक

क्वारेन्टिनको रुपमा प्रयोग गर्ने होटलहरुको सूची सार्वजनिक

  • आइतवार, जेष्ठ २५, २०७७
क्वारेन्टिनको रुपमा प्रयोग गर्ने होटलहरुको सूची सार्वजनिक

काठमाडौं —  विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् ।

सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अरु देशबाट पनि नेपालीहरु उद्धारको पर्खाइमा छन् ।

हेर्नुहोस् होटलहरुको सूची

https://drive.google.com/file/d/1dN0lK6C5sStNTeuJ6oyT1HWxB0JYcOfM/view

चर्चामा

सम्बन्धित समाचार