मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आइतबारको मौसम पूर्वानुमान

आइतबारको मौसम पूर्वानुमान

  • आइतवार, जेष्ठ २५, २०७७
आइतबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आइतबार नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।

यसैगरी, हाल देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहेको छ भने प्रदेश २ तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

साथै गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ। महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार दिउँसो देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुइ स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार