बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणमा सकियो साढे ३६ करोड (खर्च विवरणसहित)

सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणमा सकियो साढे ३६ करोड (खर्च विवरणसहित)

  • शनिबार, जेष्ठ २४, २०७७
सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणमा सकियो साढे ३६ करोड (खर्च विवरणसहित)

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अनुसार ३६ करोड बढि खर्च गरेको छ। सुदूरपश्चिम प्रदेश कोरोना भाइरस रोगको जाखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष कोषमा मार्फत ३६ करोाड ४८ लाख ७० हजार खर्च गरेको भएको हो।

कोषमा जम्मा भएको ४२ करोड ५५ लाख ४९ हजार ४ सय ६० रुपैयाँमध्ये उक्त रकम खर्च भएको हो। उक्त रकम प्रदेशका नौ जिल्लाका विभिन्न स्थानमा कोरोना अस्पताल स्थापना, विभिन्न उपकरण खरिद तथा स्थानीय तहलाई राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको प्रदेश सरकारले जनाएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ८८ वटा स्थानीय तहलाई १५ करोड २६ लाख वितरण गरिएको थियो भने नौ वटा जिल्ला प्रशासनलाई ५ लाखका दरले ४५ लाख वितरण गरेको छ। प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा प्रदेश संकट व्यवस्थापन केन्द्र स्थापना गरेर प्रदेशमा कोभिड १९ विरुद्धका काम अगाडि बढिरहेको प्रदेश सरकारले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार