शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • आइपास नेपालद्धारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

आइपास नेपालद्धारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

  • शुक्रबार, जेष्ठ २३, २०७७
आइपास नेपालद्धारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

पदमबहादुर सिंह / बाजुरा २३ जेठ – आईपास नेपालद्धारा बाजुरा जिल्लाका सुरक्षित गर्भपतन सेवा सन्चालित जिल्ला अस्पताल लगायत १४ वटा स्वास्थ्य सस्थालाई सुरक्षित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बुढीगंगा नगरपालिकाका बाजुरा स्वास्थ्य चौकी र देवलसैन स्वास्थ्य चौकी खप्तड छेडेदह गाउपालिकाका जयवागेस्वरी स्वास्थ्य चौकी र आटिचौर स्वास्थ्य चौकी त्रिबेणी नगरपालिकाका कैलासमान्डौ स्वास्थ्य चौकी र तोलीदेवल स्वास्थ्य चौकीमा सम्बन्धित स्थानिय तहका मेयर, स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष, स्वास्थ्य संयोजक, स्वास्थ्य चौकी इन्चार्जलाइ हस्तान्तरण गरिइको आइपास नेपालका क्लस्टर संयोजक महेश जोशीले बताए ।
जिल्ला अस्पताल, बडिमालिका नगरपालिकाका वुढिगंगा स्वास्थ्य चौकी र जुगाडा स्वास्थ्य चौकी गौमुल गाउपालिकाको दहकोट स्वास्थ्य चौकी बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र स्वामीकार्तिक खापर गाउपालिकाको साप्पाटा स्वास्थ्य चौकी हिमाली गाउपालिकाको रुगिन स्वास्थ्य चौकी र हुनिमहती स्वास्थ्य चौकीमा सामग्री हस्तानतरण भइरहेको संयोजक जोशीले बताए । बाजुरा जिल्लामा पीसविन बाजुरा र आइपास नेपालद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण भइरहेका छन ।


ठुलो संख्यामा मानिसहरु भारतवाट आइ क्वारेन्टाइनमा बसिरहेको र कोरोना संक्रमणवाट एक जना २ वर्षीया वालिकाको मृत्यु समेत भइसकेको अवस्थामा आइपास नेपाल र पिसविनले स्वास्थ्य सामग्री उपलव्ध गराए पछि स्वास्थ्यकर्मीलाई विरामी जाच्न र आत्मसुरक्षा गर्न सहयोग पुग्ने उनले बताए । ।
स्वास्थ्य सामग्री बुझ्दै बुढिगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले आइपास नेपालले स्वास्थ्य सामग्री सहयोग गरेकोमा नगरपालिकालाई राहत भएको बताए । भारतबाट ठुलै संख्यामा आएर सबै बिद्यालयलाई क्वारिन्टिन बनाएर मानिसहरु भरिभराउ भएका छन् । सबै स्वास्थकर्मीलाई चाहिने सामग्री उपलब्ध नभएको समयमा स्वास्थ्य सामग्री सहयोगले ठुलो राहात हुने बताए ।
क्वारिन्टिनमा बसेकोको चेकजाचको लागि सुरक्षित सामग्रही नहुदा स्वास्थ्यकर्मीहरु चेकजानमा जना आनाकानी र डराई रहेका थिए सामग्री पाएपछि चेकजाचमा जाने स्वास्थ्यकर्मीलाई सुरक्षित हुने र आत्मरक्षा हुन सहयोग पुगेको आटिचौर स्वास्थ्य चौकीका ईन्चार्ज रमेश ओलीले बताए ।


बजारमा सर्जिकल मास्क समेत अभाब भएर समयमा गाउपालिकाले खरिद गर्न नपाएको समयमा आईपास नेपालले यति ठुलो मात्रामा सरसफाई तथा सुरक्षा सामग्री सहयोग गरेपछि स्थानिय तहलाई ठुलो राहत पुगेको खप्तड छेडेदह गाउपालिकालका स्वास्थ्य संयोजक नन्द रावतले बताए ।


त्रिबेणी नगरपालिको तोली स्वास्थ्य चौकी ईन्चार्ज बिरबहादुर अयडीले नगरपालिकाले स्वास्यकर्मीलाई चाहिने जति स्वास्थ्य सामग्रही उपलब्ध गराउन नसकेपछि स्वास्थ्यकर्मीले आफै थोरै धनगढीबाट मास्क मगाएका थियो । तीन पनि सकिसकेको थिए आईपासले सहयोग गरेपछि हौलसा बढेको अयडीले बताए । स्वास्थ्य चौकीलाई नै क्वारिन्टिन बनाएर भारतबाट आएका र काठमाण्डौ लगाएत नेपालका अन्य शहरबाट आएकाहरुले भरिभराउ छ । समय समयमा चेकजाचको लागि जानु पर्ने हुन्छ । चेकजानमा जादा सास्क समेत नभएपछि स्वास्थ्यकर्मी नै चिन्ताले बिरामी हुनसक्ने समस्य आउने समयमा राहत पाउदा आईपास नेपाललाई स्वास्थ्य संयोजकले धन्यबाद समेत दिए ।


आईपास नेपालद्धारा बाजुरा लगाएत सुदुरपश्चिमका ६१ ओटा स्वास्थ्य सस्थाहरुमा सरसफाई तथा स्वास्थ्य सामग्ररु हस्तान्त्रण गरेको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोबिड १९ वाट सुरक्षित हुन र कोरोना रोगवाट बचाउन आइपास नेपालले सुदुरपश्चिमका स्वास्थ्य सस्थाहरुलाइ बिभिन्न किसिमका स्वास्थ्य सरसफाई सुरक्षा सामग्री र औषधिजन्य सामग्री उपलव्ध गराएको आईपास नेपाल बाजुराका कलस्टर संयोजक महेश जोशीले बताए ।


आइपास नेपालले सुदुरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी र डडेल्धुरा जिल्लामा सुरक्षित गर्भपतन सेवा सन्चालित स्वास्थ्य सस्थाहरु, जिल्ला अस्पतालहरु, सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल लगायत ६१ वटा स्वास्थ्य सस्था अस्पलाल र प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रलार्इै सामग्री हस्तानतरण गरिएको जोशीले बताए । हस्तानतरण गरिएका सामग्रीहरु पीपीइ सेट, पुनःप्रयोग गर्न मिल्ने एप्रोन, विभिन्न किसिमका .पन्जाहरु, मास्क, सेनीटाइजर, आइगगल्स, भाइरेक्स, सावुनलगायत २१ किसिमका स्वास्थ्य सुरक्षा सामग्री रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार