शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा रोपाई शुरु (फोटो फिचर)

बाजुरामा रोपाई शुरु (फोटो फिचर)

  • शुक्रबार, जेष्ठ २३, २०७७
बाजुरामा रोपाई शुरु (फोटो फिचर)

निरन्तर बर्षा सँगै बाजुरामा रोपाई शुरु भएका छन् । कोभिड १९ को महामारी संकट सँगै बाजुराका गाँउ गाँउमा रोपाई शुरु भएका छन् । बाजुराको नौ वटै स्थानिय तहमा अहिले रोपाइको चटारो शुरु भएको छ ।


जिल्लाका बाह्रबिस, बह्रमतोला, कुल्देबमाण्डौ, बुढिगंगा, मार्तडी पाण्डुसेन, कोल्टि लगायतका क्षेत्रमा रोपाइ शुरु भएका हुन् । औल क्षेत्रमा अहिले रोपाइ शुरु हुन्छ, उच्च भागमा भने असार तिर मात्र रोपाइ हुने गरेका छन् ।

कोरोनाको त्रास भएपनि गाँउमा सामुहिक रोपाइ शुरु भइरहेका छन्, सबै रोपाइमा ब्यबस्त रहेको किसानहरुले वताएका छन् । यो समय मानु खाएर मुरि उब्जाउने समयका रुपमा लिने गरेका छन् ।

Image may contain: plant, outdoor and nature
पानि शुरु भएपछि जेष्ठको अन्तिम साता बाटनै रोपाई शुरु भएका छन् । पानि शुरु भएपछि सबै रोपाईतिर ब्यस्त भएका छन् । बाजुराका बुढिगंगाको औले क्षेत्रमा अधिकांशले खेत रोप्न शुरु गरेका छन्, कसैले सक्ने चरणमा रहेका किसानहरुले बताएका छन् । यो बर्ष कोरोनाका कारणले पुरुषहरु सबै घरमा छन्, सामुहकि रुपमा खेत राप्ने काम भइरहेको पाईएको छ ।

Image may contain: one or more people, outdoor and nature
बाजुरा जिल्लामा कुल खेति योग्य जमिनका १० प्रतिशत मात्र सिचाईका पहुँचमा रहेको छ, भने ९० प्रतिशत पुरै अकाशे पानिको भरमा रहेको छ । पानि परेपछि रोपाई शुरु भए सँगै रोपाइ शुरु भएका छन् ।

यो बर्ष निरन्तर पानि परेकाले चाडै रोपाइ शुरु भएको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार