शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा ३५ जनामा र्‍यापिड टेष्टमा पोजेटिभ

बाजुरामा ३५ जनामा र्‍यापिड टेष्टमा पोजेटिभ

  • बिहिबार, जेष्ठ २२, २०७७
बाजुरामा ३५ जनामा र्‍यापिड टेष्टमा  पोजेटिभ

बाजुरा — बाजुरामा ३५ जनामा र्‍यापिड (आरडीटी) टेष्टमा पोजेटीभ देखिएको छ । बडिमालिका नगरपालिकाकाे मालिका उमाबि र बाजुरा क्याम्पसमा राखिएका सुरक्षाकर्मि खाना खुवाउने सहित ८५ जनामा टेष्ट गर्दा ३५ जनामा पाेजेटिभ देखिएकाे बडिमालिका खबरलाइ जानकारी आएकाे छ ।

देखिएका अधिकाश बडिमालिका नगरपालिकाका रहेकाे बुझिएकाे छ । एकजना प्रहरीमा पनि र्‍यापिड (आरडीटी) टेष्टमा पोजेटीभ देखिएको छ । नेगेटिभ देखिएकालइ भने हाेम क्वारेनटाइनमा बस्ने कबुलियत गराएर घर पठाउने तयारी रहेकाे बुझिएकाे छ ।

पाेजेटेभि देखिएका भारत बाट आएकाे बुझिएकाे छ । उनिहरुकाे पिसिआरका लागि धनगढी पठाउने तयारी भएकाे भएपनि भिक्टिएम भने अभाब रहेकाे पाइएकाे छ । उनिहरुलाइ के गर्ने बारेमा छलफल भइरहेकाे बुझिएकाे छ । भारत बाट आउने सख्या बढे सँगै बाजुरा काेराेनाका उच्च जाेखिममा परेकाे छ । बाजुरामा काेराना कारण २ बर्षिय वालिकाकाे मृत्यु भइसकेकाे छ भने उनकि आमा आइसाेलेसनमा उपचार गरिरहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार