बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा कोरोना भाइरसका १४ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव

सुदूरपश्चिममा कोरोना भाइरसका १४ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव

  • बिहिबार, जेष्ठ २२, २०७७
सुदूरपश्चिममा कोरोना भाइरसका १४ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव

धनगढी —  स्वास्थ्य सामग्री ग्रहण कार्यक्रममा बुधवार मात्रै संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले भनेका थिए, ‘कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना गरिने छ।’ उनले सामान्य अवस्था अर्थात लक्षण नदेखिएका तर कोरोना पुष्टि भएका बिरामीलाई अस्पतालमा व्यवस्थापन गर्न नसकिने समेत बताएका थिए।

तर सुदूरपश्चिम प्रदेशकमा कोरोना भाइरसका गम्भिर बिरामी फेला परे उपचारका लागि पूर्वाधार र उपकरणको चरम अभाव हुने देखिएको छ। लडडाउनको साढे दुई महिना बितेपनि सुदूरपश्चिममा कोरोना भाइरसका गम्भिर बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार र उपकरणको व्यवस्था हुन नसकेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले बुधवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार सुदूरपश्चिममा १० बेडको आइसियू र ८ वटा भेन्टिलेटर मात्रै उपलव्ध छ। सेती अस्पतालमा १० बेडको आईसीयू र महाकालीमा चार बेड गरी १४ बेडको आईसीयू रहेको स्वास्थ्य निदेृशनालयले जारी गरेको तथ्याङकमा उल्लेख छ।

यो तथ्याङकले सुदूरपश्चिम प्रदेशमा बढिमा कोरोना भाइरसका १४ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव रहेको स्पष्ट पारेको छ। कोरोना नियन्त्रणका लागि लकडाउन जारी गरेको साढे दुई महिना भएपनि गम्भिर बिरामीको उपचारका लागि आवश्यक आइसियू र भेन्टिलेट थप गर्नमा भने प्रदेश सरकारले चाँसो नदिएको हो।

लकडाउनपछि सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा २ वटा भेन्टिलेटर सहित ५ बेडको आईसियु थप गरिएको छ भने कञ्चनपुरमा बर्षाै पहिले खरिद गरिएको चार बेडको आइसियू तयारी अवस्थामा राखिएको छ।

यता सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने थप भेन्टिलेटर खरिदको प्रक्रिया अगाडी बढेको बताए। ‘जिल्ला अस्पतालहरुको लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय भएको थियो,’ कार्कीले दिनेश खवरलाई भने, ‘सोही निर्णय अनुसार भेन्टिलेटर खरिदको प्रक्रिया अगाडि बढेको छ। टेण्डर आह्वान भईसकेको छ।’

चर्चामा

सम्बन्धित समाचार