बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पर्यटन
  • गंगादसहराकाे पुजामा जादा बडिमालिकामा देखीएका दृस्यहरू सुन्दर बडिमालिका

गंगादसहराकाे पुजामा जादा बडिमालिकामा देखीएका दृस्यहरू सुन्दर बडिमालिका

  • बिहिबार, जेष्ठ २२, २०७७
गंगादसहराकाे पुजामा जादा बडिमालिकामा देखीएका दृस्यहरू सुन्दर बडिमालिका

बाजुरा — सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो। समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ ।

नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् । बडीमालीकाको सौन्र्दय भनेकै विशाल फाँटहरु हुन् । तर अचेल यी फाँटहरु बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ ।

बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन र गंगादशहरामा ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीहरुले पसल राख्ने गर्छन्  तर गंगादशहरामा लाग्ने मेलामा भने उल्लेख्य सहभागीता हुन सक्दैन त्यसैले गंगा दशहराकाे समयमा त्यहाँ पसलहरु खासै भेटिँदैनन् ।

बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।

समुद्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको बडिमालिका जान बाजुरा सदरमुकाम मार्तडिबाट तीन दिन पैदलयात्रा गर्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार