शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सामाजिक दुरी कायम गरी पूर्वाधार विकासका कामलाई निरन्तरता

सामाजिक दुरी कायम गरी पूर्वाधार विकासका कामलाई निरन्तरता

  • बिहिबार, जेष्ठ २२, २०७७
सामाजिक दुरी कायम गरी पूर्वाधार विकासका कामलाई निरन्तरता

बाजुरा — याे बडिमालिका नगरपालिकाकाे मार्तडी बिच बजार हाे । यहा दुइ सातादेखी निरन्तर काम भइरहेकाे छ । काेराेना संक्रमणकाे राेकथाम तथा नियन्त्रणका लागि नेपाल लगायत बाजुरा जिल्लामा समेत प्रत्यक्ष प्रभाव परेकाे छ । काेबिट १९ बाट बच्नका लागि सामाजिक दुरी कायम गर्ने सरसफाइमा ध्यान दिने पनी भनिएकाे छ । पछिल्लाे चरणमा हरेक ब्यक्तीले साबधानी अपनाउदै गएकाे पाइएकाे छ । लकडाउनकाे समयमा  सामाजिक दुरी कायम गरी बिकास निर्माणका कार्यहरू भइरहेकाे पाइन्छ ।

कडाउनका बीचमा पनि  बाजुरा जिल्लाका स्थानीय तहरूले  विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको पाइन्छ । बडिमालिका नगरपालिकाकाे बिच बजारहरूमा काम दुइ हप्ता अगाडीदेखी सुरू गरीएकाे छ । बन्दाबन्दीको समयमा पनि सडक निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए ।

‘जिल्लाकाे सदरमुकाम मातर्डीमा सुरू भएकाे सडक दुइ हप्ता अगाडीदेखी सुरू गरीएकाे ठेकेदार टेक बहादुर बुढाले बताए । बन्दाबन्दीमा समेत कामलाई निरन्तरता दिएर सकेसम्म असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी रहकाे बुढाले बताएका छन् ।  उनले विभिन्न ठाउँमा काम पनि लकडाउनका बेलामा समेत सामाजिक दूरी कायम गर्दै र सुरक्षाका उपायहरु अपनाएर अघि बढाएको बताए ।

चर्चामा

सम्बन्धित समाचार