नेपालमा थप एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। दोलखाका ७६ वर्षीय बृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।