बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पीसबिन बाजुरा कोल्टि कार्यालयबाट १८ लाख बराबरको स्वास्थ्य समग्री र बिउ बितरण

पीसबिन बाजुरा कोल्टि कार्यालयबाट १८ लाख बराबरको स्वास्थ्य समग्री र बिउ बितरण

  • बुधबार, जेष्ठ २१, २०७७
पीसबिन बाजुरा कोल्टि कार्यालयबाट १८ लाख बराबरको स्वास्थ्य समग्री र बिउ बितरण

पदमबहादुर सिंह / बाजुरा २१ जेठ- पीसबिन बाजुरा कोल्टि कार्यालयले बाजुरा जिल्लाकाे उत्तरी क्षेत्रका दुई ओटा स्थानिय तहमा १८ लाख बराबरको सरसफाई तथा स्वास्थ्य सामग्री, अण्डा र बिउबिजन सहयोग गरेको छ । भने दुई स्थानिय तहमा बितरण गर्ने तयारी भईरहेकाे छ ।
बुढिनन्दा नगरपालिका र हिमाली गाउपालिका ६ हजार १ सय ६८ घरधुरीलाई ८ लाख ५० हजार बराबरको साबुन, ४ सय ५० जना गर्भबती महिलालाई १ लाख ५५ हजार २ सय ५० बराबरको अण्डा बितरण गरिएको छ ।
त्यस्तै बिभिन्न स्वास्थ्य सस्था, प्रहरी, पत्रकार तथा अन्य कर्मचारी लगाएलाई ३ हजार ५ सय मास्क बितरण गरिएको पीसबिन बाजुराका कोल्टि कार्यालय प्रमुख गोबिन्द थापाले बताए ।
बन्दा बन्दिले किसानलाई बिउबिजन ल्याउन बजार बन्दका कारण मकै तथा सिमि लगाउन नपाएपछि कृर्षकलाई १३ कुईन्टल ५० किलो मकै र ३७ कुईन्टल सिमि बितरण गरिएको थापाले बताए । बिश्व एकतिर कोरोना महामारीको सामना गरिरहेको समयमा बन्दा बन्दिले रोगसंगै भोकमरीको समस्य हुनबाट बच्न हाईब्रेड जातको मकै र सिमि बितरण गरिएको थापाले बताए ।


बिश्व कोभिड १९ को महामारीसंग जुधिरहेको समयमा बाजुराको दुर्गम क्षेत्रका स्थानिय तहले समयमा स्वास्थ्य सामग्री नपाईने र भारत तथा अन्य मुलुकमा काम गर्न जानेको संख्या बढी भएकाले सबै घर र्फकने गरेकोले गाउमा कोरोनाको जोखिम रहेकोले सरसफाई तथा सुरक्षित रहन सहयोग पुग्ने उद्देश्यले सामग्री सहयोग गरेको कार्यालय प्रमुख गोबिन्द थापाले बताए ।
बिश्व कोरोना महामारीको घेरा भित्र परेको झण्डै आधा बर्ष हुन लाग्यो नेपाल पनि लकडाउनको ७२ दिन भयो । यो रोगको हालसम्म कुनै औषधि बनी नसकेकोले यसबाट बच्न शारिरिक दुरी कायम गर्नु ,सरसफाई तथा स्वास्थ रहनु बाहेक अन्य उपाय छैन । यसै अनुरुप स्थानिय तहका समन्वयमा सरसफाई तथा स्वास्थ्य सामग्री बितरण गरिएको थापाले बताए । सामग्री बितरण गर्नु पूर्ब र बितरण गरि सकेपछि साबुन पानीले अनिबार्य हात धुन लगाएको उनले बताए ।


बाजुराको उत्तरी क्षेत्रका चार ओटै स्थानिय तहसंग समन्वय गरेर सरसफाई सामग्री तथा स्वास्थ्य सामग्री बितरण गर्ने तयारी रहेको पीसबिन बाजुरा स्थानिय अधिकार परियोजना अधिकृत्त पदम कठाएतले बताए ।

चर्चामा

सम्बन्धित समाचार