शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्मन्त्री भट्टले संसदीय दलको बैठकमा माफि मागे

सुदूरपश्चिमका मुख्मन्त्री भट्टले संसदीय दलको बैठकमा माफि मागे

  • मङ्लबार, जेष्ठ २०, २०७७
सुदूरपश्चिमका मुख्मन्त्री भट्टले संसदीय दलको बैठकमा माफि मागे

धनगढी — सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले सदनमै सरकारको विरोध गर्न थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठकमा माफि मागेका छन्।

मुख्यमन्त्री भट्टले सरकार सञ्चालनमा पार्टीको संसदीय दलसंग समन्वय गर्न नसकेकोमा माफी मागेका हुन्। सदनमै सरकारको चर्को विरोध गर्दै मुख्यमन्त्रीले काम गर्न नसकेकोले राजिनामा दिनुपर्ने भन्दै नेकपाका प्रदेश सभा सदस्यहरु बोल्न थालेपछि मुख्यमन्त्री तथा संसदीय दलका नेता भट्टले एक बर्षपछि दलको बैठक बोलाउँदै माफि मागेका हुन्।

सबै प्रदेश सभा सदस्यहरुले बोल्ने पालो नपाएपछि बुधबार बिहान फेरी बस्ने गरी बैठक स्थगित भएको छ। बैठकमा सहभागी एक प्रदेश सासंदका अनुसार मुख्यमन्त्रीले सुरुमै पार्टी र संसदीय दलसंग समन्वय हुन नसकेकोमा क्षमा मागेका थिए।

चर्चामा

सम्बन्धित समाचार