बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा : ३२ सय ४७ जना क्वारेनटाइन र २ जना आइसोलेसनमा, १ सय ८७ जनाकाे स्वाव संकलन

बाजुरा : ३२ सय ४७ जना क्वारेनटाइन र २ जना आइसोलेसनमा, १ सय ८७ जनाकाे स्वाव संकलन

  • मङ्लबार, जेष्ठ २०, २०७७
बाजुरा : ३२ सय ४७ जना क्वारेनटाइन र २ जना आइसोलेसनमा,  १ सय ८७ जनाकाे स्वाव संकलन

बाजुरा– कोरोना संक्रमणका कारण २ वर्षकी बालिकाको मृत्यु भएसँगै जिल्लामा उच्च सतर्कता अपनाइएको छ । सुरक्षा सावधानी देखि आवत जावतमा पूर्ण रुपमा प्रतिबन्द गरिएको छ । भने धुरालसैन माविलाई सिल गरिएको छ ।

मार्तडी बजार क्षेत्रमा हिँडडुल देखि बाहिर निस्कन समेत रोक लगाइएको छ । भने सुरक्षा सतर्कता समेत उच्च पारिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् । जिल्लाका ९ वटा स्थानीय तहका १ सय ३५ क्वारेनटाइनमा ३ हजार २ सय ४७ जना बसिरहेका छन् ।

त्यस्तै आइसोलेसनमा २ जना रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । जसमा धुरालशैन माबि क्वारेन्टीनमा रहेका ६१ जना महिला १ सय २६ जना पुरूष गरी १ सय ८७ जनाकाे स्वा संकलन गरी प्रादेशीक अस्पताल धनगढी पठाएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

क्वारेन्टाइनमा बसेका मध्ये अधिकांश भारतबाट आएका र केही जिल्ला बाहिर काम र अध्ययननको शिलशिलामा आएकाहरु रहेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उनीहरुलाई १४ दिन क्वारेनटाइनमा राखेर परिक्षण पछि घर पठाइने भएको छ ।

Image may contain: text

चर्चामा

सम्बन्धित समाचार