आज जताकतै शोकको लहर देख्छु,
खौफ मा बाँचेको गाउँ र सहर देख्छु।
आमाले चबाएर ख्वाईदिएको संझिए,
आज त्यो स्वास मा पनि जहर देख्छु।
कस्तो दिन आयो यार जिन्दगीमा हेर,
मान्छे को आँशुले बनेको नहर देख्छु।
दिन रात उस्तै चाँद शूर्य उदाएपनि त,
आज फरकछ अँध्यारो दोपहर देख्छु।
रोग भोक र शोकले छताछुल्ल संसार,
कालको चौघेरा मा बाँच्ने कहर देख्छु।
ज जस्का मुटु टुक्रा टुक्रा भए संसारमै,
उस्लाई त बाँच्ने भन्दा मर्ने रहर देख्छु।
सुरेशकुमार पान्डे।१-०६-२०२०,