बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • कोरोना भाइरसबाट विदेशमा १ सय २१ नेपालीको मृत्यु, कुन देशमा कति?

कोरोना भाइरसबाट विदेशमा १ सय २१ नेपालीको मृत्यु, कुन देशमा कति?

१४ हजार ४ सय २५ संक्रमित

  • आइतवार, जेष्ठ १८, २०७७
कोरोना भाइरसबाट विदेशमा १ सय २१ नेपालीको मृत्यु, कुन देशमा कति?

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (३० मे २०२०) साँझसम्म विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार युएईमा १ जना, युकेमा १ जना, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुबेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको मृत्यु भएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ। त्यस्तै, साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डमा १ जना र स्वीडेनमा १ जनाको मृत्यु भएको छ।

संयोजक डा सापकोटाका अनुसार विदेशमा १४ हजार ४ सय २५ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु संक्रमणमुक्त भएको बताएको सापकोटाले जानकारी दिए। यो साता डेनमार्क र टर्कीमा रहेका नेपालीमा नयाँ संक्रमण देखिएको हो।

चर्चामा

सम्बन्धित समाचार