बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपा सचिवालय बैठक जारी– परराष्ट्र, अर्थमन्त्रीसहित नेता रावल पनि उपस्थित

नेकपा सचिवालय बैठक जारी– परराष्ट्र, अर्थमन्त्रीसहित नेता रावल पनि उपस्थित

  • शनिबार, जेष्ठ १७, २०७७
नेकपा सचिवालय बैठक जारी– परराष्ट्र, अर्थमन्त्रीसहित नेता रावल पनि उपस्थित

काठमाडौं । सरकारले संसदमा विचाराधीन एमसीसी पारित गराउने तयारी गरेको छ । त्यसका लागि छलफल गर्न अहिले नेकपा सचिवालय बैठक जारी छ । सरकारको नेतृत्व गरेको दलसमेत रहेको नेकपा सचिवालय बैठकमा आज एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुँदैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र नेकपा नेता भीम रावललाई पनि बोलाइएको छ ।

अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनाबारे विवाद उत्पन्न भएपछि नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्व, भीम रावल  र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन–सुझाव कार्यदल बनाएको थियो ।

केन्द्रीय कमिटीले दिएको म्यान्डेट अनुरूप कार्यदलले फागुन दोस्रो साता नै प्रतिवेदन तयार पारेर बुझाइ सकेको थियो । सचिवालय  र स्थायी कमिटीमा छलफल हुनुपर्ने भन्दै कार्यदलले प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत सरकारलाई एमसीसी छिटो पारित गर्न दबाब दिँदै आएको छ भने प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधनमा पनि यसै अधिवेशनमा एमसीसी अनुमोदन गर्ने बताइसकेका छन् । #बाह्रखरि

चर्चामा

सम्बन्धित समाचार