शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाले कर्मचारीकाे बिमा गर्ने : मेयर भन्छन कर्मचारीकाे सुरक्षा गर्नु हाम्राे दायित्व हाे

बुढिगंगाले कर्मचारीकाे बिमा गर्ने : मेयर भन्छन कर्मचारीकाे सुरक्षा गर्नु हाम्राे दायित्व हाे

  • शनिबार, जेष्ठ १७, २०७७
बुढिगंगाले कर्मचारीकाे बिमा गर्ने : मेयर भन्छन कर्मचारीकाे सुरक्षा गर्नु  हाम्राे दायित्व हाे

बाजुरा — बाजुरा जिल्लाकाे बुढिगंगा नगरपालिकाले कर्मचारीहरूकाे सुरक्षाका लागि बिमा गर्ने निर्णय गरेकाे छ । स्वास्थ्य कर्मीहरूकाे हाैसला प्रदान गर्न साे निर्णय गरेकाे बुढिगंगा नगरपालिकाका प्रमुख दिपक बिक्रम शाहले बताए । याे बेला कर्मचारी र स्वास्थ्यकर्मी फन्टलाईनमा छन उहाहरूकाे सुरक्षा र काम गर्न हाैसालाका लागि बिमा गर्ने निर्णय भएको बुढिगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले बताए । बुढीगंगा नगरपालिकाले ५२ जना स्वास्थ्यकर्मि र नगरपालिकाका कर्मचारीहरुको स्वास्थ्य वीमा गरेको नगरप्रमुख शाहले बताएका छन् ।

 विश्वमा फैलिएको नोबेल कोरना भाइरसको संक्रमण बढ्दै गएको छ । देशका अधिकांश जिल्लाहरुमा कोरना भाइरसको संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गएको र स्वास्थ्य कर्मी निकै जाेखीम हुने भएकाेले साे कार्यक्रमलाइ लागु गरेकाे नगरप्रमुख शाहले बताए । दूरपश्चिम प्रदेश नै कोरना भाइरसको उच्च जोखिममा पर्दै गएकाेले कर्मचारीकाे हाेसला प्रदान गर्न बिमा गर्ने निणर्य गरेकाे नगरप्रमुख शाहले बताए ।
सुदुर पश्चिम  प्रदेशको दुर्गम जिल्लाका रुपमा रहेको बाजुरामा कोरना भाइरसका लागि चाहिने आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीहरु नै जोखिममा काम गर्दै आएकाले केही हाैसला प्रदान गर्न साे निर्णय गरेकाे नगर प्रमुख शाहले बताएका छन् ।
जिल्लाका स्थानीय तहले संचालन गरेका स्वास्थ्य सहायता कक्ष हुदै भारत र जिल्ला बाहिरका शहरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको चेकजाँच गर्नका लागि चाहिने व्यक्तिगत स्वास्थ्य सामग्री(पिपिइ) नहुँदा स्वास्थ्यकर्मीहरुले ज्यान जोखिममा पार्दै सेवा दिदै आएका छन् ।
जिल्लामा संचालन भएका स्वास्थ्य सहायता कक्षमा समेत ज्वरो मापन बाहेक अन्य कुनै उपकरण नभएकाले उनीहरुले टाढैबाट स्थानीय भारत र अन्य ठाउँबाट आएकाहरुको ज्वरो चेकजाँच गर्ने गरेका छन् ।
नगरका स्वास्थ्य चौकी,सामुदायिक स्वास्थ्य केन्द्र, नगरका स्वास्थ्य शाखाका कर्मचारीको जोखिमता घटाउनका लागि कोरना स्वास्थ्य वीमा गरेको नगर प्रमुख दीपक विक्रम शाहले बताएका छन् । कोरोनाले विश्व त्रसितका साथै नराम्ररी प्रभावित भएको बेला स्वास्थ क्षेत्रका कर्मचारीको हौसला र सुरक्षाका लागि नगरपालिकाले एक लाख बराबरको निःशुल्क कोरना स्वास्थ्य बीमा गरेको नगर प्रमुख शाहको भनाई रहेको छ । कोरना भाइरसको कार्यमा खटिएका स्वास्थ्यकर्मीको भाइरसको संक्रमण देखिएमा बीमा रकम दिने गरी प्रत्येक स्वास्थ्यकर्मीको एक लाखको बीमा गरेको बताएका छन ।
कोरोना बीमा गरेका कर्मचारीहरुलाई बीमा गरेको १५ दिनपछि देखि एक वर्षको अवधीमा कोरोना पोजेटिभ देखिए लगत्तै एक लाख बराबरको उपचार तथा स्याहार खर्च उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रेमबाजी महर्जनले जानकारी दिएका छन् ।
नगरपालिकाले युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार