बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • पैशा नभएपछि धनगढी रिफर गरेकी मार्तडीकि दलित गर्भवती महिला आफन्तले घर लगे

पैशा नभएपछि धनगढी रिफर गरेकी मार्तडीकि दलित गर्भवती महिला आफन्तले घर लगे

  • शुक्रबार, जेष्ठ १६, २०७७
पैशा नभएपछि धनगढी रिफर गरेकी मार्तडीकि दलित गर्भवती महिला आफन्तले घर लगे

लक्ष्मिराज पाध्याय..बाजुराको बडिमालिका नगरपालिकामा एक दलित गर्भवती महिलाइ पैशा नभएपछि अस्पतालले धनगढी रिफर गरेपनि आफन्तले घर लगेका छन् । बडिमालिका नगरपालिका ९ मार्तडी कि २२ बर्षकि पबित्रा सार्कीको बच्चा पाँउने बेला अबस्था जटिल हुने भन्दै सेति प्रादेशिक अस्पताल रिफर गर्यो । तर धनगढी जान एम्बुलेन्सको भाडा तिर्न नसकेपछि घरमा लगेको पबित्राका श्रीमान जगत सार्कीले बडिमालिका खबरलाई बताएका छन् ।
पबित्राले यो भन्दा पहिला दुई पटक अप्रेशसन गरेर बच्चा जन्माएकोले बाजुरा अस्पतालले रिफर गर्नुपरेको डा. शेर बहादुर साउदले वताएका छन् । फेरि पनि अप्रेशन गरेर बच्चा जन्माउनु पर्ने हुन्छ, दुई पटक भन्दा बढि अप्रेशन गर्दा निकै जटिल हुने गर्छ, त्यो बेला रगतको ब्यबस्थापन त्यस्तै परे पाठेघर नै फाल्नु पर्ने अबस्था हुन्छ, यहाँ सम्भब नभएपछि रिफर गरेको डा. साउदले वताए । आईसियुको ब्यबस्थापन भएको ठाँउ समेत आबश्यक हुने चिकित्सले वताएका छन् ।
अस्पतालले जेठ २२ गते पबित्राको बच्चा पाँउने मिति दिएको छ, अस्पतालले त २ हप्ता पहिला नै सुबिधा सम्पन्न ठाँउ लग्ने भनिसकेको थियो, तर १५ गते मात्र रिफर कागज बनाउन आएको अस्पतालले जनाएको छ । पबित्रालाइ तत्काल धनगढी लग्नुपर्ने चिकित्सले वताए, तर पैशा नभएपछि घरमै छन्, उनका श्रीमान सहयोगका लागि दौडिरहेको पत्रकार महासंघ बाजुरा शाखाका सचिब प्रेम बिकले बताएका छन् ।
जेठ १५ गते बडिमालिका नगरपालिकामा आर्थिक सहयोगका लागि जगत सार्कीले निवेदन दिएको भएपनि नगरपालिकाले आर्थिक ब्यबस्थापन गर्न नसक्ने वताएको छ । नगरपालिकाले निबेदनमा नगर प्रमुखले लगाएको तोकमा भनिएको छ, एम्बुलेन्सको तेल र डाइभरको खानाको स्वयम गर्भवतीको परिवारले गर्ने एम्बुलेन्शको ब्यबस्थापन गर्ने गरि आदेश दिएको छ । कतै बाट धनगढी लिन सहयोग नपाएपछि जगतको परिवार भौतारि रहेको छ ।
बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत यज्ञ अर्यालले भने एम्बुलेन्स निशुल्क सेवा ब्यबस्थापन नभएको वताएका छन् । एम्बुलेन्सको तेल निशुल्क गर्नका लागि पनि नगरप्रमुखको आदेश गरे मात्र निशुल्क गर्न सकिने बताएका छन् । तैपनि नगरप्रमुख सँग सल्लाह गरे एम्बुलेन्सको ब्यबस्थापनाका लागि पहल गर्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार