शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा भारत बाट आएका सिधै घर, अस्तब्यस्त क्वारेनटाइन

बाजुरामा भारत बाट आएका सिधै घर, अस्तब्यस्त क्वारेनटाइन

  • शुक्रबार, जेष्ठ १६, २०७७
बाजुरामा भारत बाट आएका सिधै घर, अस्तब्यस्त क्वारेनटाइन

लक्ष्मीराज पाध्याय– पछिल्लो समय भारत बाट बाजुरा आउनेको संख्या बढेसँगै बाजुराका क्वारेनटाइन अस्तब्यस्त बनेका छन् । क्वारेनटाइनको ब्यबस्थापन कमजोर भएकाले कोही घर जाने कोही घरपरिवारको घुलमिलमा आउने गरेको पाईएको छ ।
बुढिगंगा ७ बस्ने राकेश बिष्ट भारत बाट उनका श्रीमति सहित आएको भएपनि उनि क्वारेनटाइनमा नबसेर सिधै घर गएको स्थानिय दिपक बिष्टले वताएका छन् । उ मात्र नभइ भारत बाट आएका लाल बहादुर बिष्ट क्वारेनटाइनमा बसेपनि पारिवारिक घुलमिल रहेको पाईएको छ । भारत बाट ल्याएको सबै सामान घर पठाएका छन्, आफु भने क्वारेनटाइनमा बसेको स्थानियले वताएका छन् ।
बाजुराका जिल्लाका ९ वटा स्थानिय तहका ७६ वटा क्वारेनटाइनमा १ हजार ७ सय ७८ जना बसिरहेका छन् । भारत बाट जिल्लामा आउनेको संख्या बढेपछि क्वारेनटाइनमा बस्नेको संख्या पनि बढेको शुक्रवार बजे सम्म १ हजार ७ सय ७८ जना बसेका भएपनि थपिदै जाने जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । क्वारेनटाइनको ब्यबस्थापन गर्न नसक्दा एउटै कोठामा धेरै जना राखेको पाईएको छ । भारत बाट आएको संख्या बढेपछि जिल्ला बाहिर बाट आएका भने होम क्वारेनटाइनमा बसिरहेका छन् ।
क्वारेनटाइनमा २ सय २५ जना महिला र १२ सय २३ जना पुरुष त्यस्तै १ सय २८ जना वालवालिका क्वारेनटाइनमा रहेको छन् । अहिले क्वारेनटाइनमा बसेका अधिकांश भारत बाट आएर बसेका जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । १४ दिन क्वारेनटाइनमा राखेर परिक्षण पनि घर पठाउने रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् । क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ । चिकित्सकको अनिवार्य निगरानिमा हुनुपर्ने भएपनि बाजुराको कुनै पनि क्वारेनटाइन चिकित्सकको निगरानि नभएको पाईएको छ । जिल्ला चिकित्सकको संख्या कम भएकाले पनि समस्या भएको पाईएको छ ।
क्वारेनटाइनको ब्यबस्थापन कमजोर भएकाले एकजना क्वारेनटाइनमा बाट भागेर गाँउ गएका युवालाई गाँउलेहरुले गाँउ पस्न दिएनन्, उल्टै उनि माथि ढुङ्गामुढा प्रहार गरेका छन् । शुक्रवार खप्तडछेडेदह गाँउपालिका २ मालिका माबि ग्रान्जा क्वारेनटाइन बाट भागेर गाँउ पुगेका २५ बर्षिय बिरजेत बुढाले गाँउलले गाँउ पस्न नदिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।
बुधवार भारत बाट आएर क्वारेनटाइनमा बसेका ति युवा भागेर गाँउ पुगेका थिए । गाँउलले उल्टै उनि माथि ढुङ्गामुढा प्रहार गरेर पस्न नदिएपछि फेरी क्वारेनटाइन गएका छन् । गाँउलेको प्रहार बाट सामान्य घाइते भएका छन् । हाम्रा प्रहरी थोरै छन्, कति बेला भागेर गाँउ पुगेछन पछि गाँउलले ढुङ्गामुढा प्रहार गरेर फिर्ता गरेको प्रहरीले वताएका छन् ।
क्वारेनटाइनमा बस्ने संख्या बढेको भएपनि क्वारेनटाइनको ब्यबस्थापन भने निकै फितलो रहेको छ । बस्ने ब्यबस्थापन देखी खाद्यन्न समेत राम्रो नभएको समचार आइरहेका छन् । ७६ क्वारेनटाइन मध्ये अधिकांशमा सामान्य ब्यबस्थापन पनि नभएको पाईएको छ । अर्को क्वारेनटाइनको कुनै पक्ष बाट पनि अनुगमन नभएको पाईएको छ । सम्बन्धित स्थानिय तह, जिल्ला समन्वय समिति जिल्ला प्रशासन लगायत निकायहरुले अनुगमन गर्नुपर्ने भएपनि कसैले अनुगमन नगरेको क्वारेनटाइनमा बसिरहेकाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार